आज बिहानै मलेसियामा तामिलद्वारा ४ जनालाई छुरा प्रहार: ३ को मृत्यु, १ को अवस्था चिन्ताजनक ।
२८ असार, २०७३, हिमालय टाइम्स ।
मलेसियाको पेनांगमा आज बिहान एक तामिल युवाले ४ जना म्यानमार नागरिकलाई छुरा प्रहार गरी ३ जनाको घटनास्थलमै ज्यान लिएको छ भने अर्को १ जना गम्भीर घाइतेको चिन्ताजनक अबस्थामा हस्पिटलमा उपचार भइरहेको छ ।
घटना म्यानमार नागरिकहरु बस्ने कोठामै घटेको हो । यसरी दैनिक जसो बैदेशिक रोजगारीका लागी मलेसिया पुगेका बिदेशी नागरीकहरु मारिन थालेपछी नेपाली नागरिकहरु पनि आफुलाई एकदमै असुरक्षित महसुस गर्न थालेका छन् ।
एक नेपाली युवाले मलेसियाबाट आज बिहानै आफ्नो फेसबुक मार्फत सम्पूर्ण नेपाली नागरिकहरुलाई यस्तो संदेश पोष्ट गरेका छन् । "सबै नेपालिहरुलाई अाग्रह गदछु मलेसिया एकदम असुरक्षित भयको छ र यो देसमा नअाउन अाग्रह गदछु अाज बिहान 4 जना मेनमारलाई काले तामिलले रुमबाटै तानेर छुरा हानेको छ तीन जनाको घटना स्थलमै मृत्युु र एक जना को चिता जनक हसपिटलमा छ मलेसियाको पेनाग राज्यको नागासारि बजारमा घटेको घटना हो ।"


0 comments
Write Down Your Responses