दुखद खबर: कुटी कुटी जापानमा एक नेपाली ब्यबसायीको हत्या: शब भोली नेपाल ल्याइंदै ।



४ साउन २०७३, हिमालय टाइम्स ।

           टोकियो । जापानको क्योटोमा इरानी नागरिकले आक्रमण गर्दा एक नेपाली व्यावसायीको मृत्यु भएको छ ।

           इरानी नागरिकको कुटाईबाट टाउकोमा गम्भीर चोट लागेका मेची नगरपालीका काकरभिट्टा घर भएका अशोक बुढा थोकीको उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।

           लामा समय देखि जापानमा बार संचालन गर्दै आएका बुढाथोकी गत २१ जुनमा एक इरानी नागरिकसँग बसेर खानाखाने क्रममा विवाद भएपछि इरानी नागरिकको कुटाईबाट उनको टाउकोमा गम्भीर चोट लागी अस्पताल भर्ना भएका थिए ।

           क्योटोस्थित एक अस्पतालमा उपचार गराई रहेका बुढाथोकीको अवस्था दिनप्रतिदिन नाजुकबन्दै गएको र गत ५ जुलाईमा उपचारकै क्रममा मृत्यु भएको क्योटोबाट अर्जुन पोखरेलले नेपाल सन्देशलाई जानकारी दिए ।

            उनीमाथि आक्रमण गर्ने इरानी नागरिकलाई गत २४ जुलाईमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जापान प्रहरीले जनाएको छ ।

            जापानी महिलासँग विवाह गरेर क्योटोमा व्यावसाय गर्दै आएका बुढाथोकीको शवलाई २० जुलाईमा नेपाल लैजाने तयारी भइरहेको पोखरेलले बताए ।

,

0 comments

Write Down Your Responses