एमाले नेता राजेन्द्र पाण्डेले प्रचण्डलाई भैसी ब्यापारी भनेपछी ।
९ साउन २०७३ ।
नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले माओवादी अध्यक्ष प्रचण्डलाई भैंसी व्यापारीसँग तुलना गरेका छन् । संसदमा जारी अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता पाण्डेले नेताहरुमा अभिनयकला निकै रहेको टिप्पणी गरे । आफ्नो गाउँको भैंसी व्यापारीको कथा सुनाउँदै उनले भनेः‘ भैसी किन्ने बेलामा तेरो भैसी खत्तम, सानो, खुट्टा पनि लामो नभएको भनेर सस्तो मूल्यमा ल्याउँथ्यो । बेच्ने बेलामा खुट्टा छोटो भएको थोरै घासले अघाउने यस्तो भैंसी कहि भेटिँदैन भन्थ्यो ।’
माओवादी अध्यक्ष प्रचण्डले हिजो केपी ओलीलाई गणतन्त्रवादी, विकासवादी, संघीयता पक्षधर देखेको तर, अहिले अविश्वासको प्रस्ताव ल्याएपछि जम्मै भएन भनेको उनले बताए । यतिविधि जम्प नगरौं । ठाउँ साघुँरो छ । एक माघले जाडो जाँदैन पाण्डेले भने । केही समयपछि प्रचण्ड ओली नै ठीक भन्ने दिन आउन उनको दावी थियो ।
अघिल्लो दिन प्रधानमन्त्री के पी ओलीले मानसिक सन्तुलन ठिक नभएको भन्दै कांग्रेसका नेताले टिप्पणी गरेपछी संसद भबनमा एमालेका सांसदहरुले नियमापत्ति जनाएका थिए ।

0 comments
Write Down Your Responses