प्रशान्त तामांगलाई थमाए भारत प्रहरीले निलम्बन पत्र ।
२४ असार २०७३, पोखरा ।
नेपाली चलचित्रका नायक तथा इन्डियन आइडोल प्रशान्त तामांगलाई भारतीय प्रहरी अनुशासन विभागले कारबाही गरी संधैको लागि निलम्बन गरेको छ ।
भारत प्रहरीमा सेवारत प्रशान्तका बाबु मदन तामांगको निधन पछी भारतीय प्रहरी नियमावली बमोजिम प्रशान्तलाई बाबुको ठाउँमा सिफारिश गरिएको थियो । सोही अनुसार प्रशान्त भारत प्रहरीको कन्स्टेबल दर्जामा नियुक्त भएका थिए ।
इन्डियन आइडोल मा सहभागी भएर शिर्ष उपाधि जितेपछि प्रशान्त तामांग नेपाली चलचित्र क्षेत्रमा सक्रिय हुँदै आएका थिए । तर भारत प्रहरीको अनुशासन बिपरित उनी सन् २००९ देखि हालसम्म अधिकांश समय सेवामा हाजिर नभएकोले असन्तुष्ट भइ हिजो बिहिबार उनलाई निलम्बन गरेको हो । सिक्किमका स्थानीय पत्रिकाले लेखेको छ ।
उनले अभिनय गरेका नेपाली चलचित्रहरु मध्य गोर्खा पल्टन सर्बाधिक लोकप्रिय चलचित्र हो । यसका अतिरिक्त प्रशान्त कोरियोग्राफरका रुपमा पनि सक्रिय थिए ।

0 comments
Write Down Your Responses