एक चर्चित बलिउड अभिनेत्री, जसको बिबाह अघिनै ३४ सन्तान छन् ।



२७ असार २०७३, हिमालय टाइम्स ।
                बलिउड अभिनेत्री प्रिटी जिन्टा अझै अविवाहित छिन् । तर, उनका ३४ सन्तान छन् । सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यो सत्य हो । उनले ३४ जना बालिकालाई धर्मसन्तानका रूपमा ग्रहण गरेकी छिन् ।’

           छ वर्षअघि ३४औँ जन्मदिनमा मैले ऋषिकेशमा रहेको मदर मिरेकल स्कूलमा पढ्ने ३४ बालिकालाई धर्मसन्तान बनाएँ,’ पश्चिमी मुलुकमा गत साता मनाइएको मदर डेमा आयोजित एउटा कार्यक्रममा उनले भनिन् । 

             भारतजस्तो देशमा महिलालाई दोस्रो दर्जाका नागरिक मान्ने गरिएको उल्लेख गर्दै प्रितीले आफ्ना धर्मसन्तानलाई योग्य बनाउने चाहना रहेको उल्लेख गरिन् । ’मेरा छोरीहरूलाई म समाजमा राम्रो स्थान दिलाउन चाहन्छु,’। 


, ,

0 comments

Write Down Your Responses