श्रीमतीको स्वीकृति बिना सम्भोग गर्न खोज्दा जरिवाना सहित ३ बर्ष कैद सजायँ ।



असार २४ - २०७३, पोखरा ।
         आफ्नै श्रीमतीसँग बिनास्वीकृति यौनसम्बन्ध राख्न खोज्दा ओखलढुंगामा एक जनाले जेलसजाय भोग्नुपर्ने भएको छ । आफ्नै श्रीमान्ले बलात्कार गरेको भन्दै श्रीमतीले उजुरी दिएपछि ओखलढुंगा, च्यानमका २९ वर्षीय नारायणबहादुर बस्नेतले ३ वर्ष कैद भोग्नुपर्ने भएको हो । कैद सँगै बस्नेतलाई २५ हजार जरिवानासमेत गर्न जिल्ला अदालतले आदेश दिएको छ ।

          आफूलाई बलात्कार गरेको भन्दै उनकी श्रीमतीले दिएको जाहेरीमा सुनुवाइ गर्दै जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उक्त फैसला गरेको हो । श्रीमान्ले नियमित रूपमा मादकपदार्थ सेवन गरी कुटपिट गर्नुका साथै यौनजन्य हिंसा गरेकाले उजुरी दर्ता गरेको पीडित महिलाले बताएकी छिन् । श्रीमतीले श्रीमान् बस्नेतविरुद्ध २०७२ चैत १५ गते जबरजस्ती करणी गरेको जाहेरी दिएपछि प्रहरीले बस्नेतविरुद्ध चैत १८ गते जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।


प्रकाशित: असार २३, २०७३: साप्ताहिक

0 comments

Write Down Your Responses