घोडाको टाउकोमा लुकाएर राखेको ८ अर्बको कोकिन सहित ३ जना पक्राउ ।



काठमाण्डौं । 
        न्युजिल्याण्डमा हालै घोडाको टाउकोबाट ठूलो परिमाणमा लागु औषध बरामद भएको छ । न्युजल्याण्डको प्रहरीले एक अर्ब सात कारोड रुपैयाँ बराबरको कोकिन घोडाको टाउकोबाट बरामद गरेको हो।३५ किलो कोकिन घोडाको टाउकोजस्तो देखिने कलाकृतिबाट त्यहाँको प्रहरीले बरामद गरेको छ। घोडाको टाउकोको कलाकृति बनाएर कोकिनको कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

         कलाकृति बनाएर कोकिन लुकाएको आरोपमा प्रहरीले तीन जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। यसरी कोकिन लुकाएर कारोबार गरेको आरोपमा त्यहाँको प्रहरीले मेक्सिकाका दुई र अमेरिकाका एक नागरिकलाई पक्राउ गरेको हो।

        ‘द न्युजिल्याण्ड हेराल्डुका अनुसार घोडाको टाउकोजस्तो देखिने कलाकृतिको तौल तीन सय ६५ किलो रहेको थियो। जसको उचाई मात्र तीन फिटको रहेको छ। यही ठूलो आकारको घोडाको टाउको आकृतिमा ३५ किलो कोकिन लुकाएको प्रहरी अनुसन्धानबाट खुलेको हो। 

प्रकाशितः २०७३ असार २१
श्रोत: अर्थतन्त्र.कम 

,

0 comments

Write Down Your Responses