बिजुक्छेको सनसनीपूर्ण खुलासा: भारतले भनेको माने नेपाल खतरामा, नमाने प्रचण्डको ज्यान खतरामा (भिडियो सहित) ।
८ साउन २०७३, हिमालय टाइम्स ।
काठमाडौं, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारम्बार आफूलाई जेल हाल्न खोजिएको र आफू असुरक्षित भएको वताउँदै आउनु भएको छ । मंगलवार पनि एक कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूलाई जेल लैजाने थाहा पाएर सरकार छोड्नु परेको वताउनु भएको थियो ।
अध्यक्ष प्रचण्डले यसो भनिरहेकै बेला अर्काे कम्युनिस्ट पार्टी नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहितले यो कुरा आफूले पनि प्रचण्डलाई सुनाएको वताउनु भएको छ । सगरमाथा टेलिभिजनलाई दिएको अन्तरवार्तामा बिजुक्छेले ‘हिन्दुस्तानले भनेको माने देशलाई नोक्सान हुने नमाने आफ्नै ज्यान जाने खतरा’मा रहेको र यो कुरा आफूले उहिल्यै प्रचण्डलाई भनेको वताउनु भएको छ । सगरमाथा टेलिभिजनका लागि जिवराम भण्डारीले नेमकिपा अध्यक्ष विजुक्छेसँग लिएको अन्तरवार्तामा यस्ता कुरा वताइएको छ ।
० यो सरकार कांग्रेस र माओवादीको इच्छाले होइन हिन्दुस्तानको इच्छाले ढाल्न लागिएको हो । यो आरोप होइन घटनाले पुष्टि गरेको छ ।
० जतिबेला नाकाबन्दी लगाइएको थियो, त्यसबेला वालुवाटारमा सर्बदलीय बैठकका लागि बोलाउँदा म गएको थिएँ । प्रधानमन्त्री केपी ओली, प्रचण्डजी र म गरी हामी तीनजना थियौं । प्रचण्डजीले भन्नुभयो, अब अलिअलि लचकता देखाउनु पर्यो नत्र जनता वालुवाटारमा आउँछन् । मैले भनेँ– किन आउँछन् जनता वालुवाटार ? सरकारले नाकाबन्दी गरेको हो ? बरु तपाईं यो सरकारको सबैभन्दा कमजोर बिन्दु हो । पछि अरु नेताहरु पनि बैठकमा आउनु भयो । उहाँले जुन हिसावले भन्नु भएको भए पनि त्यो गलत कुरा थियो ।
० मैले माओवादीलाई ट्रोजन हर्स पहिल्यै भनेको हुँ । अहिले त्यो पुष्टि पनि हुँदै गएको छ । प्रचण्डका गतिविधिको परिणाम उहाँले अब भोग्नु पर्छ । प्रचण्डले मात्रै भोग्नु पर्ने भए हुन्थ्यो, देशले भोग्नु पर्ने भयो यही छ दुःखको कुरा ।
० म एउटा कुरा सम्झाउन चाहन्छु– नेपालमा गृहयुद्ध(तत्कालीन जनयुद्ध) चलिरहेकै बेला भारतमा मैले प्रचण्डजीलाई भेटेको थिएँ । बाबुराम पनि सँगै हुनुहुन्थ्यो । त्यसबेला मैले उहाँलाई भनेँ– तपाईंले गलत बाटो लिनु भयो । अब हिन्दुस्तानले भनेजस्तो गर्नुहुन्छ भने देशलाई घाटा हुन्छ । हिन्दुस्तानले भनेजस्तो गर्नुहुन्न भने ज्यानको खतरा छ । अव तपाईंले दुइटामा एउटा रोज्नु पर्ने हुन्छ । सिधा सपाट भाषामा मैले भनेको । उहाँ चुप लागेर बस्नु भो, जवाफै दिनु भएन । म साह्रै कम बोल्ने मान्छे । स्थिति त्यस्तो भएर मात्रै मैले वताइदिएको हुँ ।
० हिजो उहाँहरुले उठाएको बन्दुकको कमाण्ड उहाँको हातमा छैन । त्यसैले उहाँ बारम्बार भन्नुहुन्छ– मलाई खतरा छ । उहाँले त्यत्रो सुरक्षा माग्नु भाछ, खोइ हामी त्यसै हिंडेका छौं केही खतरा छैन । देश र जनताको अहितमा काम गरेको छैन त्यसैले हामीलाई खतरा छैन ।
० उहाँले के काम गर्नु भो त्यस्तो ? सायद उहाँलाई राती निद्रा आउँदैन होला । पिएर सुत्नुहुन्छ भन्ने सुन्छु । २४ सै घन्टा अलर्ट बस्नु पर्ने मान्छे त्यसरी चिन्तित भएर बस्नु अप्ठ्यारो कुरा हो नि । त्यसैले जे काम गरेका छौं त्यो हामीले भोग्दै जानु पर्छ । उहाँको कामको परिणाम हो यो ।
० सरकार छोड्दा प्रचण्डले हामीले यी यी नीतिमा मिलेर सरकार बनाएका थियौं, यी यी नीतिमा मतभेद भयो भनेर सरकारबाट बाहिर आउनु भएको त होइन नि । स्पष्टै छ, उहाँहरुले त्यो कुरा जनताको सामुन्ने भन्नु भएन गर्नु भएन । स्रोत :चक्रपथ डटकम
भिडियो हेर्नुहोस्:

0 comments
Write Down Your Responses