साबधान: ६५ हजार नेपालीको घरमा शक्तिशाली बम रहेको पुष्टी ! कुनैपनि बेला बिष्फोट हुनसक्ने !!



काठमाण्डु, ३० साउन– खाना पकाउने ग्यास सिलिण्डरमध्ये ६५ हजारभन्दा बढी गुणस्तरहीन रहेको फेला परेको छ ।
      यो बजारमा रहेका सिलिण्डरमध्ये करिब १० प्रतिशत हो । ‘ग्यास उद्योगको निरीक्षणका क्रममा १० प्रतिशतभन्दा बढी सिलिण्डर गुणस्तरहीन फेला परेको हो’, गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘मुख्य समस्या पुराना ग्यास उद्योगमा छ ।’

         २०२६ सालमा नेपाल ग्यास उद्योगको स्थापना भएपछि अहिले ग्यास उद्योगको संख्या बढेर ५३ पुगेको छ । तीमध्ये दुई–चार ग्यास उद्योग उद्योग बाहेककाले गुणस्तरमा ध्यान नदिएको उनले बताए ।
सिलिण्डरभित्र लेदो जमेको, हाइड्रालिक टेस्ट नभएका, कुच्चिएका, फुटरिङ(एउटाको पिँध काटेर अर्कोमा हालेको) लगायतका कैफियत देखिएका हुन् ।

          कम गुणस्तरका सिलिण्डर बिक्री गरेर उद्योगीले सर्वसाधारणलाई जोखिममा पारेको उपभोक्ताको भनाइ छ । ‘अधिकांश उपभोक्ताको भान्सामा सिलिण्डर बम छ’, उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, ‘कम गुणस्तरका सिलिण्डर तल्काल अनुगमन गरी नस्ट गर्नुपर्छ ।’ 

         गुणस्तरहीन रुगुलेटर÷पाइप र समयमै हाइड्रोलिक÷हाइड्रो स्टास्टिक टेस्ट नुहुँदा ग्यास फर्कने, ग्यास लिक भई आगो लाग्ने जस्ता घटना हुँदै आएका छन् । पुरानो सिलिण्डरबाट ग्यासलिक हुने र पड्कने जोखिम रहने उनले बताए ।

कान्तिपुर दैनिकबाट

0 comments

Write Down Your Responses