चीनमा गुड्याे अचम्मकाे बस, बस मुनीबाटै गुड्छन् अन्य साना गाडी
श्रावण २०, २०७३
हेर्दा आगामी भविष्यको प्रविधि जस्तो देखिएपनि चीनले विकास गरेको ‘स्ट्राड्लिङ बस’ले आजबाट हेबेइ प्रान्तमा परिक्षण यात्रा सुरु गरेको छ ।
दुई मिटर अग्लो बसको मुन्तिर कारहरु लगायतका साना गाडीहरु गुड्नसक्छन् ।
विद्युतबाट संचालन हुने उक्त बसले ३ सय यात्रुलाई बोक्न सक्छ । यो ७२ फिट लामो र २५ मिटर चौडा छ ।
गत मे महिनामा यो बसको नमुनाको भिडियो रिलिज हुँदा नै संसारभर निकै सन्सनी मचाएको थियो ।
हाल परिक्षण यात्राका रुपमा हेबेइ प्रान्तको उत्तर–पूर्वीय सहर क्विनहुवाङदाओको ३ सय मिटर मात्र लामो सडकमा गरिएको थियो । यो बस करिब ६० किमी प्रति घन्टाको रुफ्तारमा दौडन सक्ने बताइएको छ ।
यसकालागि लेनहरु तयार पारिएसँगै एउटा बसले करिब ४० वटा अन्य बसको काम गर्न सक्ने छ भने यसले सबवेलाई पनि प्रतिस्थापन गर्न सक्ने चिनीयाँ प्रविधिकहरुको दाबि छ ।




0 comments
Write Down Your Responses