तस्करीको घर भरीनै कछुवा र चराहरुको भण्डारण: ।



काठमाडौंः अवैध विक्री वितरणका लागि लुकाएर राखिएका एकसय नौ कछुवा र एकसय ६५ प्रजातिका विभिन्न चराचुरुङगी जिल्ला वन कार्यालय काठमाडौंले नियन्त्रणमा लिएको छ । 

भारतको पटना घर भई हाल सामाखुसीस्थित नरेश शाहीको घरमा बस्दै आएका महमद उसमानलाई पक्राउ गरिएको छ । 


अधिकांश चरा लबबर्ड छन् । उनले कछुवा र चाराचुरुगी विक्री गर्दै आएको सुराकी पाएपछि जिल्ला वन कार्यालय र प्रहरी अनुसन्धान ब्यूरोले कारवाही गरेको हो । 

ती सबै बेचबिखनका लागि राखिएका कारण आवश्यक कारवाहीका लागि पक्राउ गरिएको जानकारी जिल्ला वन कार्यालयका सहायक वन अधिकृत उत्सव थापाले दिए ।

0 comments

Write Down Your Responses