अरेबियन नागरिकद्वारा १६ बर्षिया नेपाली किशोरी बलात्कृत:



श्रावण २६, २०७३- १६ वर्षको नेपाली किशोरीको बलत्कारको आरोपमा साउदी अरेबियन नागरिक पक्राउ परेका छन् । म्यानपावर कम्पनिका काम गर्ने नेपालीको छनौटका लागि आएका सिद्धिकी इब्राहिमलाई महानगरीय प्रहरी बृत्त सोह्खुट्टेले पक्राउ गरेको हो ।

किशोरीलाई फकाएर सिद्धीकी बसेको होटलमा पूर्‍याएको आरोपमा प्रहरीले  दिपक माझीलाई समेत पक्राउ गरेको छ ।

बृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरका अनुसार मंगलबार बेलुका होटल टाइमाबाट प्रहरीको हटलाइन सयमा किशोरीले फोन गरेर सहयोग मागेपछी प्रहरी सिद्धिकी बस्ने कोठामा पुगेर किशोरीको उद्धार गरेको थियो ।

अनुसन्धानमा साउदी अरब जाने नेपाली युवाको अन्तर्वार्ताका लागि आएका उनले माझीलाई सानो उमेरका युवती खोज्न आग्रह गरेपछि उनले ती किशोरीलाई ४५ सय आउने प्रलोभन दिंदै होटलमा पुर्‍याएका थिए ।

डिएसपी राठौरका अनुसार माझीले ती साउदी नागरिकसँग ५ हजार लिएर आफुले ५ सय रुपैयाँ लिएर युवतीलाई होटलको कोठामा छाडेर हिडेका थिए ।

सिद्धिकीले जर्वजस्ती यौन सम्पर्क गरेपछी किशोरीले प्रहरीलाई खबर गरेकी थिइन् ।


0 comments

Write Down Your Responses