चल बतास चल भन्दै आए प्रमोद खरेल ( पुरा भिडियो )



श्रावण २३, २०७३- सांगीतिक कार्यक्रमको क्रममा हाल अमेरिकामा रहेका गायक गायक प्रमोद खरेल आफ्नो पछिल्लो गीत ‘चल बतास चल...’ को म्युजिक भिडियो अमेरिकाबाटै प्रिमियर गरेका छन् । 

       नेपालका लागि पूर्व अमेरिकी राजदुत स्र्कट डेलेसी तथा टेक्सासका नेपाली समुदायका प्रतिष्ठित व्यक्तित्वहरु सम्मितिल एउटा सांगीतिक समारोहको क्रममा आफ्नो यो भिडियो प्रिमियर गरिएको गायक खरेलले बताएका छन् । शितल कादम्बिनीको शब्द तथा अर्जुन पोखरेलको संगीत निर्देशनको यो गीतको भिडियो निर्देशन दीपक आचार्यले गरेका हुन् । किशोर थापाद्वारा अडियो मिक्सीङ गरिएको यो गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

           भिडियोमा गायक खरेल आफैंले अभिनय गरेका छन् । अभिनयमा उनलाई नायिका नम्रता सापकोटाले साथ दिएकी छिन् । निर्मल लामा तथा भिमफेदी गाइजको कोरीयोग्राफी तथा नृत्य रहेको छ ।

, ,

0 comments

Write Down Your Responses