फरक शैलीको कथा र पात्रहरुको प्रश्तुती: गाँठो आजबाट प्रदर्शनमा
आजदेखी चलचित्र ‘गाँठो' प्रदर्शन हुने
भाद्र ३१, २०७३
‘होस्टल रिटर्नस्’ मा रामेश्वर यादवको चरित्र निर्वाह गरेर चर्चामा आएका कलाकार नाजिर हुसेन आज शुक्रबार सार्वजनिक हुने चलचित्र ‘गाँठो’ को केन्द्रीय भूमिकामा देखा पर्दैछन् । केही फरक शैलीको कथा र पात्रहरू प्रस्तुत गर्ने चलचित्र ‘गाँठो’ का निर्देशक सुरज भुसाल हुन् ।
सुरजले यसअघि ‘मौन’ तथा ‘होस्टल रिटर्नस्’ को निर्देशन गरिसकेका छन् । यी दुई चलचित्रबाट सुरजले निर्देशन विधामा प्रसस्त प्रशंसा कमाइसकेका छन् । चलचित्र गाँठोमा नयाँ अनुहार नम्रता श्रेष्ठ नायिका छिन् भने ‘होस्टल रिटर्नस्’ बाटै रजतपटमा देखा परेका अभय बराल पनि महत्वपूर्ण भूमिकामा छन् ।
एक चित्रकारमा कलाप्रतिको आशक्तिले ल्याउने मानसिक समस्यामा आधारित चलचित्र ‘गाँठो’ मा नाजिर हुसैन उक्त चित्रकारको भूमिकामा छन् । चलचित्र ‘गाँठो’ का निर्माता तिलकबहादुर क्षेत्री र सुरज भुसाल हुन् भने यसमा छायांकन नरेन्द्र मैनाली, सम्पादन निमेष श्रेष्ठ, कथा सुरज भुसाल, पटकथा/संवाद सुरज भुसाल तथा प्रतीक गुरुङको छ ।
निर्देशक : सुरज भुसाल
संगीत : अनुपम शर्मा
कलाकार : नाजिर हुसैन, अभय बराल तथा नम्रता श्रेष्ठ ।
चलचित्र गाँठो' को अफिसियल ट्रेलर

0 comments
Write Down Your Responses