बार्षिक करोड डलर कमाउने प्रियंकाको खर्च पनि उस्तै:



आश्विन १२, २०७३- धनीका कुरा र कमाइका कुरा सधैं सबैको चासोमा हुन्छ । तर तिनै धनीले गर्ने खर्चका बारेमा भने प्राय: सुनिने गर्दैन । साताअघि मात्रै बलिउड नायिका प्रियंका चोपडा विश्वमै सर्वाधिक पारिश्रमिक लिने टीभी नायिका बनेको खबर सर्वत्र छायो । धनीहरूको सूची सार्वजनिक गर्ने फोब्र्स पत्रिकाले प्रियंकालाई भारतको पनि यस वर्षको सर्वाधिक कमाइ गर्ने भारतीय कलाकारका रूपमा सूचीकृत गरेको थियो ।

         तिनै प्रियंकाको खर्चचाहिँ कति होला ? अन्य खर्च परको कुरा, नायिकाले मेकअपका लागि मात्रै महिनामा एक लाखभन्दा बढी रुपैयाँ खर्च गर्छिन् । जसमा इन्टरनेसनल ब्रान्डेड कस्मेटिक्स, हेयर ट्रिटमेन्ट, मसाज, स्किन केयर र फेसियल पर्ने गर्छन् । ‘क्वान्टिको’ को दोस्रो संस्करणबाट पुन: अमेरिकी टीभीमा आउन लागेकी प्रियंका शारीरिक सौन्दर्यसँगै अभिनय कौशलका कारण पनि चिनिन्छन् । फेसनमा सचेत प्रियंका मेकअपमा पनि खर्चालु छिन् । छाला सुरक्षाकै लागि मात्रै उनले मेकअपमा मासिक ४२ हजार भारु खर्च गर्छिन् भने झन्डै त्यति नै उनको हेयर केयरमा पनि सकिने गर्छ, स्याम्पु, कन्डिसनर आदिमा पफ्र्युम मात्रै १३ हजार भारुको प्रयोग गर्छिन् रे उनी ।

         त्यसो त यति बेला प्रियंकाको वार्षिक कमाइ नै एक करोड डलर पुगिसकेको छ । ‘क्वान्टिको’ मार्फत् टीभी स्क्रिनमा सफलता कमाएकी प्रियंका पहिलो वर्ष नै अमेरिकामा पिपुल्स च्वाइस अवार्ड पाउने भाग्यमानी पनि बनेकी थिइन् । आउने वर्ष उनले डेन जोन्सनसँगै हलिउड फिल्म ‘बे वाच’ मार्फत् डेब्यु गर्दै छिन् । गीत गाउनका लागि अमेरिका छिरेकी प्रियंका पछिल्लो दिनमा त्यहाँ अभिनयबाटै स्थापित भइसकेकी छन् । उनले बलिउडमा भने ‘गंगाजल–२’ मा खेलेयता कुनै स्वदेशी फिल्म लिएकी छैनन् । सम्भवत: सन् २०१७ हलिउडमै बित्नेछ । यस्तोमा आफ्नो सौन्दर्यको ख्याल त गर्नैपर्‍यो ।

,

0 comments

Write Down Your Responses