प्रियंकालाई एउटा विज्ञापनमा काम गरेबापत सरकारद्वारा १५ करोड प्रदान:



मुम्बई, भदौ १२ । हलिउडमा समेत अभिनय थालेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले सरकारसँग दैनिक डेढ करोड रुपैयाँ लिइरहेकी छन् ।

बलिउडमा सन् २०१६ का लागि उनीसँग खासै काम छैन । यद्यपी उनी फुर्सदिलो पनि छैनन् ।

        उनलाई असम राज्य सरकारले पर्यटन प्रबर्द्धनका लागि सदभावना दूत नियुक्त गरेको छ । सोही क्रममा प्रियंका हाल एउटा विज्ञापन अभियानमा जुटेकी छन् । यसका लागि उनलाई राज्य सरकारले दैनिक डेढ करोड रुपैयाँ दिइरहेको छ ।

        सो विज्ञापनको छायांकन पुरा गर्न कम्तीमा १० दिन लाग्ने बताइएको छ । १० दिनका लागि उनलाई १५ करोड रुपैयाँ दिइने भएको हो ।

,

0 comments

Write Down Your Responses