पाकिस्तानी कलाकार भारतमा बसे भौतिक कारबाही गर्ने: भारत छोड्न ४८ घन्टे अल्टिमेटम



एजेन्सीः भारत र पाकिस्तानबीच युद्धको खतरा बढ्दै गएपछि भारतमा पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाइएको छ ।
गत साता १८ भारतीय सैनिकको मृत्यु हुने गरी भएको उरी आतंकवादी आक्रमण र बिहीबारको भारत–पाकगोलावारीपछि भारतले पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाएको हो ।
भारतीय फिल्म निर्माता संघले पाकिस्तान र भारतबीचको तनावलाई सम्बोधन गर्दै कलाकारमाथि प्रतिबन्ध लगाएको जानकारी गराएको छ ।
सँगै संघले उसको ८७ औँ सम्मेलनमा कुनै पनि पाकिस्तानी कलाकारलाई सहभागी हुन नदिने र चलचित्रमा समेत काम गर्न नदिने प्रस्ताव पारित गरेको छ । संघले भारत र पाकिस्तानको सम्बन्ध सामान्य नभएसम्म यो प्रतिबन्धले निरन्तरता पाउने बताएको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।
संघको यो निर्णयले भारत र पाकिस्तान पूर्णरुपमा युद्धका लागि तयार भएको देखाउछ । राजनीतिक नेतृत्वलाई समेत यो निर्णयले पाकिस्तानमाथि प्रतिबन्ध लगाउन थप बल पुर्याउदै गएको छ ।
अघिल्लो साता कश्मिरस्थित उडीमा भएको आतंकवादी हमलामा १८ सैनिकको मृत्यु भएपछि महाराष्ट्र नवनिगम सेना (एमएनएस)का कार्यकर्ताले पाकिस्तानी कलारकारलाई भारत छोड्न ४८ घण्टे अल्टिमेटम दिएका थिए । उडी आक्रमणमा पाकिस्तानको संलग्नता रहेको भारतको दाबी रहे पनि पाकिस्तानले भने त्यसको खण्डन गरेको छ ।
त्यस्तै भारतीय फिल्म कर्मचारी संघले विज्ञप्ति निकालेर यो विषयलाई गम्भीरताका साथ नलिए गम्भीर नतिजाको सामना गर्नुपर्ने चेतावनीसमेत पाकिस्तानी कलाकारलाई दिएको थियो ।
भारत–पाकिस्तानको विवादपछि पाकिस्तानी कलाकारलाई चलचित्रमा भूमिका दिने निर्देशक, निर्मातालाई समेत भौतिक कारबाही गर्ने चेतावनी दिइएको छ। 
भारतमा पाकिस्तानका चर्चित कलाकार फवाद खान, अली जफर, माहिरा खान, राहत फतेह अली खान, इमरान अब्बास, मावरा होकाने, अतिफ असलम लगायत हुन् ।
कलाकारमाथिको यो धम्कीले पाकिस्तानी थुप्रै कलाकारले भारत भ्रमणसमेत रद्ध गरिसकेका छन् ।
अतिफ असलमको कन्सर्ट रद्ध 
पाकिस्तानका लोप्रिय गायक अतिफ असलमले भारतको हरियाणामा अक्टुबर १५ मा गर्ने भनिएको कन्सर्ट रद्ध भएको छ । त्यहाँको जिल्ला प्रशासनले अतिफको कन्सर्ट रद्ध गर्न निर्देशन दिएको हो ।
सँगै प्रशासनले अनिश्चितकालका लागि सांगीतिक कार्यक्रम गर्न समेत प्रतिबन्ध लगाएको छ । सांगीतिक कार्यक्रममले सीमामा तैनाथ सैनिकको भावनामा असर पर्ने भन्दै जिल्ला प्रशासनले अतिफको कन्सर्ट रद्ध गरेको जानकारी गराएको छ ।

,

0 comments

Write Down Your Responses