५ बर्षिया नाबालिकालाई साँझपख खेतमा लगेर बलात्कार: पीडक पक्राउ
नुवाकोटः पाँच वार्षिया एक बालिकालाई बलात्कार गरेको आरोपमा नुवाकोटमा एकजना युवक पक्राउ परेका छन्।
पुर्वी भेगमा रहेको खानीगाउँ–६ घलेगाउँका १६ वर्षीय वीरबहादुर घले बलात्कारको आरोप पक्राउ गरेका हुन्। घलेलाई कारवाहीका लागि नुवाकोट जिल्ला अदालतमा जवरजस्ती करणी अन्तरगत मुद्दा दायर गरिएको छ।
बालिकालाई बलात्कार गरेको भन्दै कारवाहीको माग गर्दै पीडितकी आमाले प्रहरीमा उजुरी दिएपछि पक्राउ गरी जिल्ला अदातलमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक जीतेन्द्र वस्नेतले जानकारी दिए। पक्राउ परेका घलेले असोज १२ गते साँझपख घर नजिकै खेतमा लगेर बलात्कार गरेको पीडितकी आमाले प्रहरीमा दर्ता गरेको उजुरीमा उल्लेख छ।
उजुरीका आधारमा असोज १५ गते आरोपितलाई प्रहरीले घरैबाट पक्राउ गरेको हो। पीडित र पीडक दुबैको असोज असोज १५ गते नै त्रिशूली जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भएको प्रहरी निरीक्षक बस्नेतले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 comments
Write Down Your Responses