ब्रा (थुनचोली ) को प्रसङ्ग : उत्पत्ती देखी अहिलेसम्म
'ब्रा' आजका महिलाको अभिन्न पहिरन हो तर पनि कतिपय मान्छे यसलाई यौनसँग सम्बन्धित पहिरन मान्छन्। यसैलाई आधार बनाएर कतिपय डिजाइनर तथा व्यवसायीले अनेक आकार–प्रकार एवम् ढाँचाका लोभलाग्दा र कामुक प्रकृतिका ब्रा उत्पादन गरी आफ्नो व्यापार बढाएका छन्। कतिपय पुरुषलाई महिलाको ब्रा मात्रले पनि उत्तेजित तुल्याउने तथ्य पनि विभिन्न सर्वेक्षणले देखाएका छन्। वास्तवमा ब्राको उत्पादन महिलाको सजिलोका निमित्त नै भएको हो।
त्यसो त महिलालाई सुन्दर देखाउन ब्राले धेरै मद्दत पुर्या एको हुन्छ। महिला सौन्दर्य तथा शारीरिक सुगठनलाई प्रदर्शित गर्ने साधन 'ब्रा' को आधुनिक ढाँचा भने सन् १९१३ मा तयार भएको थियो। जसको पेटेन्ट अधिकार न्युयोर्कका फेशन डिजाइनर मेरी फेल्प्सले लिएकी थिइन्। सन् १९२० अघि महिलाहरू ब्राको साटो कर्सेट अर्थात् एक प्रकारको भित्री चोलीको प्रयोग गर्थे। केहीले आफ्ना ठूला स्तन ढाक्नका लागि कपडालाई रिबनको सहायताले स्तन वरिपरि बाँध्ने गर्थे। तर, दोस्रो विश्वयुद्धको समाप्तिपछि विश्वभरि नाइलनको उपलब्धिले ब्रालाई पनि विश्वव्यापी फैलाउन मद्दत गर्योह। त्यसपछि लँजरी उत्पादनमा विश्वभरि नै ब्राको बजार व्यापक तथा प्रतिस्पर्धात्मक हुँदै गयो। विश्वप्रसिद्ध अमेरिकी अभिनेत्री जिन हार्लाेलाई ब्रा पहिरिने प्रथम महिला मानिन्छ। सन् १९२० को अन्त्यतिर उनले अभिनय गर्ने फिल्ममा हार्लोका स्तन बढी हल्लिनबाट जोगाउन निर्देशकले विशेष प्रकारको ब्रा तयार पार्न लगाएका थिए।
हालै न्युजिल्यान्डका केही युवतीले ब्रा प्रदर्शनीसम्बन्धी वेबसाइटसमेत खोलेका छन्। 'स्तन प्रतिस्पर्धा' नामाकरण गरिएको यस्तो प्रतियोगिताको लागि युरोप, अमेरिका तथा एसियाका महिलाले सहभागिता जनाएका थिए। त्यस्तै विश्वका विभिन्न मुलुकबाट उत्पादन हुने ब्राहरूको ठूलो संख्यामा संकलन गरी सडकमा झुन्ड्याएर प्रदर्शन गर्ने र गिनिजबुकमा संकलकको नाम दर्ता गर्ने आदि प्रसंग पनि रोचक समाचार बनेका थिए।
हालै आएर ब्रा उत्पादकहरूले स्मेनाको प्रविधिबाट प्रतिपादित दुईभन्दा बढी कपडाबाट उत्पादन गरिने नौलो प्रकारका तथा अत्याधुनिक ब्राको उत्पादन हुने तथ्य सार्वजनिक गरेका छन्। यस्तो नौलो ब्रामा सुगन्धित ब्रा, वन्डर ब्रा तथा कीटनाशक औषधियुक्त ब्रा हुनेछन्। यस्ता ब्राले भ्रमणमा हिँड्ने महिलाका लागि सजिलो हुने विश्वास गरिएको छ।
ब्रिटेनस्थित एक प्रसिद्ध ब्रा कम्पनीका डिजाइनर लिन्डा ग्रिनका अनुसार निकेल टिटानियम नामक रसायन मिसाएर तयार पारिएको ब्राले शरीरको तापक्रमअनुसार स्तन सुरक्षित गर्न मद्दत पुर्यासउँछ। तर, यस्तो प्रकारको ब्राबाट पनि बिस्तारै आकर्षण घटेको छ। एक सर्वेक्षण अनुसार ७० प्रतिशत महिलाले उचित साइजको ब्रा पहिरिएको पाइँदैन।

0 comments
Write Down Your Responses