जिउंदै स्वर्ग जान सकिने ढोका भेटियो: तपाईं पनि पुग्न सक्नुहुन्छ
असोज १९, काठमाडौं । चीनको एउटा पहाडमा झण्डै ५ हजार फिटको उचाइमा एक गुफा छ । जुन दुनियाको सबैभन्दा अग्लोे गुफा हो । उक्त गुफालाई स्वर्गको ढोका पनि भनिन्छ । उक्त स्वर्गको ढोकामा पुग्नका लागि ९ सय ९९ वटा सिँढी चढ्नुपर्छ । सन् २५३ मा उक्त पहाडको केही भाग खसेपछि गुफाको निर्माण भएको बताइन्छ । यो गुफाको लम्बाइ १९६ फिट तथा उचाई ४३१ फिट तथा चौडाई १८७ फिट छ । पहाडको धेरै उचाइमा रहेका कारण यो गुफा प्रायः बादलले ढाकिएको हुन्छ । सोही कारण पनि यसलाई स्वर्गको ढोका भनिन्छ । उक्त गुफामा जानका लागि पहिला केवल कार चढ्नुपर्छ ।
दुनियाको सबैभन्दा लामो तथा सबैभन्दा उचाइमा रहेको उक्त केवल कारको लम्बाई २४ हजार ४५९ फिट छ । यो केबलकार गिनिज बुकमा पनि दर्ज छ । केबलकार तथा त्यसपछि थोरै सडकमार्गबाट ओर्लिएर हिडीसकेपछि गुफासम्म पुग्नका लागि ९ सय ९९ वटा सिँढी उक्लिनुपर्छ । चिनिया ताओ दर्शनका अनुसार ९९९ सिँढी सर्वोच्च नम्बर हो र सम्राटको प्रतिक हो । बिसौँ शताब्दीमा तियानमेन पहाडमा एक झरना पनि थियो जुन केवल १५ मिनेटका लागि मात्र देखा पर्दथ्यो र त्यसपछि दिनभरका लागि हराउँथ्यो ।
झरनाको पानी १५ सय फिटबाट सिधै तल र्झदथ्यो । तर अहिले उक्त झरनाको नामोनिसान छैन । स्वर्गको ढोका तथा यस्तो अद्भुत झरनाको इतिहास रहेको उक्त पहाडमा ठूलो परिमाणमा खजाना लुकाइएको विश्वास गरिन्छ । खजाना खोज्ने कोसिस धेरैले गरे तर कसैले पनि फेला पार्न सकेका छैनन् अहिलेसम्म । कस्तो छ त उक्त स्वर्ग भिडियो हेर्न तल क्लिक गर्नु



0 comments
Write Down Your Responses