चीनबाट भारत निकासी हुने नदी चीनद्वारा बन्द: भारत र बंगलादेशमा पानीको हाहाकार !!!!



काठमाडाैँ : भारत र पाकिस्तानबीच विवाद चर्कदै गर्दा चीनले जलविद्युत परियोजनाका निम्ति ब्रह्मपुत्रको एक सहायक नदीको पानी रोकेको छ ।  ब्रह्मपुत्र नदी भारतको अरुणाञ्चल प्रदेश र असम हुँदै बंगलादेशसम्म पुग्छ । यो जलविद्युत परियोजना चीनको सबैभन्दा महंगो परियोजना हो ।

 ब्रह्मपुत्रको पानी रोकेर चीनले बाँध बनाएर जलविद्युतसँगै सिंचाईमा समेत प्रयोग गर्ने बताएको छ । चीनको यो निर्णयले भारत र बंगलादेशमा पानीको हाहाकार हुने देखिएको छ ।  यो परियोजनाको योजनाले भारतमा चिन्ता बढेको छ । चीनले परियोजनाको निर्माणका क्रममा बाँध बनाएर पानी रोक्ने भएपछि भारतमा चिन्ता बढेको हो ।

नदी रोकिएसँगै भारतको सिक्किम, अरुणाञ्चल र आसाम लगायतका क्षेत्रमा पानीको वितरणमा कमी आउने बताइएको छ। चीनले यो नदी रोकेमा बंगलादेश र भारतका लाखौं मानिसको पानीको स्रोत बन्द हुने छ ।

चीनले उक्त हाइड्रो प्रोजेक्ट करिब ७ हजार ४ सय अमेरिकी डलरमा निर्माण गर्न लागेको हो र यसैका लागि साहायक नदी रोकेको चिनियाँ संचार माध्यमले जनाएका छन्। सन् २०१४ बाट निर्माण कार्य सुरु गरिएको उक्त योजना सन् २०१९ सम्ममा सम्पन्न हुने बताइएको छ।

परियोजनाका प्रशासनिक ब्युरोका प्रमुख झाङ युन्बोले तिब्बतको सिगात्सेमा यारलुङ झाङ्बो (ब्रह्मपुत्र को तिब्बती नाम) को सहायक नदी सियाबुकुमा निर्माण भइरहेको लाल्हो परियोजनामा ४.९५ अर्ब (७४ करोड अमेरिकी डलर) लगानी गरिएको जानकारी दिए ।

ब्रह्मपुत्र नदी सिगात्से हुँदै अरुणाचल आइपुग्छ । सर्वाधिक महँगो परियोजना भनिएको लाल्होको निर्माण सन् २०१४ को जुनमा भएको थियो । यो परियोजना सन् २०१९ मा पूरा हुने लक्ष्य राखिएको छ । गत वर्ष पनि चीनले १.५ अर्ब डलरको जलविद्युत् आयोजना सञ्चालन गरेको थियो । यसबाट भारतमा जल प्रवाहमा हुने अवरोधप्रति चिन्ता व्यक्त गरिएको थियो ।

चीनले यस परियोजनामा पानीको प्रवाहको सतहमा बाँध निर्माण गरिएको यसबाट भारत प्रभावित नहुने दाबी गर्दै आएको छ । पानी रोकेर अप्ठेरो पार्ने आफ्नो कुनै उद्देश्य नरहेको उसको भनाइ छ ।

भारतले पाकिस्तानसँगको सिन्धु नदी सम्झौतामा पुर्नविचार गर्ने बताइरहेको समयमा चीनले ब्रम्ह्पुत्र सहायक नदी बन्द गर्नुले चीनले पाकिस्तानसँग मिलेर भारत माथि दबाब सृजना गर्न लागेको विश्लेशकहरुले बताएका छन्।

,

0 comments

Write Down Your Responses