बजाजको १६० एनएस “पावर टू प्ले” पल्सर बजारमा; यस्ता छन् विशेषता
नेपालमै सर्वाधिक विक्री हुने मोटर साइकल व्राण्ड बजाजको १६० एनएस पल्सर बजारमा आएको छ । नया बर्षलाई लक्षित गरी सो मोटरसाइकल बजारमा ल्याएको हो । नयाँ पल्सर एनएस १६० मा अल न्यू डिटिएस आई १६०।३ सीसीको ओइल कुल्ड सिंगल सिलिण्डर इन्जिन रहेको छ ।
यो मोटरले १५।५ पिए एट दि रेट ८,५०० आरपीएमको शक्ति तथा ६,५०० आरपीएममा १४।६ एनएमको अधिकतम टर्क उत्पन्न गर्दछ । यो बाइकमा न्यूनतम हेड फेयरिंग रहेको छ, जसमा ५५ वाटको हेलोजिन हेडल्याम्प, नयाँ फ्यूल फिलर क्याप, एनालग टुयाक्टोमिटरका साथमा डिजिटल इन्स्ट्रुमेन्ट प्यानेल, निट्रोमोनो सक रियर सस्पेन्सन, सिल्भर फिनिस सेन्टर स्टे एण्ड रियर फुट रेस्ट, एयर डिफ्लेक्टिंग कोल, क्लियर लेन्स इन्डिकेटरहरु छन् । यसको पछाडिको भागमा, स्प्लीट एलईडी टेल ल्याम्प राखिएको छ ।
अहिले बजाजको पल्सर वाइकले व्यापारमा अग्र स्थान ओगटेको छ । ३० भन्दा बढी देशमा यसलाई खेलकुद प्रतियोगिताको रुपमा पल्सरलाई नै प्रयोग गर्ने गरेको छ ।
पल्सर एनएस १६० प्यासन रेड, पर्ल मेटालिक ह्वाइट र सापिरे ब्लू मिक्ड स्टेन ब्ल्याक कलरमा आउँछ । यो मोटरसाइकल देशभरीका बजाजका शोरुमहरुमा शुरुवाती मूल्य रु २,५९,९०० मा उपलब्ध छ ।


0 comments
Write Down Your Responses