हुम्लामा गोली चल्यो, कांग्रेसले लफडा गर्दै बुथ कब्जा गरे सुरक्षा निकाय समेत कांग्रेसको पिछलग्गु: स्थिती तनावग्रस्त
हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिकामा खानेपानी तथा सरसफाईमन्त्री जीवन बहादुर शाहीको नेतृत्वमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको छ । मन्त्री शाहीको नेतृत्वमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले फायरिङ गर्दै मतदाता लखेटेर बुथ कब्जा गरेका हुन ।
सरकारका वाहलवाला मन्त्री शाहीनै बुथ कब्जामा संलग्न भएको भन्दै नेकपा एमाले ,नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट बिद्रोह गरि स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुले मतदान प्रक्रिया बरिष्कार गरेका छन । हुम्लाका प्रमुख जिल्ला अधिकारी धन प्रसाद शर्मा र प्रहरी प्रमुख कमल प्रसाद समेतको मिलीभगतमा सुनियोजित रुपमा राज्यशक्तिको दुरुपयोग गरेर बुथ कब्जा गरिएको छ । र अहिले कांग्रेस बाहेक सबै पक्षले मतदान प्रक्रिया बहिष्कार गरेपनि स्थानीय प्रशानको आडमा मंत्री शाहीले मतदान प्रक्रिया पूनः सूचारु गर्न दवाव दिइरहेका छन ।
मंत्रीको प्रत्यक्ष निर्दैशनमा कांग्रेसी कार्यकर्ताहरुले बन्दुक फायर गर्दै मतदान केन्द्रमा गएर मतदातालाई भोट हाल्नबाट बन्चित गरेका छन । शान्तिपूर्ण निर्वाचनको वतावरण मिलाउने जिम्मेवारी लिएको सुरक्षा निकाय समेत कांग्रेसको पिछलग्गु बनेको छ । शाहीले ७० को सम्बिधान सभाको निर्वाचनमा पनि हतियारको दम्भ प्रर्दशन गरेर बुथ कब्जा गरेर बिजय हासिल गरेका हुन ।
स्थानीय निर्वाचनअन्तर्गत हुम्लामा मतदान भइरहँदा सत्तारुढ नेपाली कांग्रेसका दुई समूह (आधिकारिक र वागी उम्मेदवार पक्षधर)बीच झडप हुँदा प्रहरीले गोली चलाएको छ ।
खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ५ मा कांग्रेसका दुई समूहबीच दिउँसो झडप भएपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको डिएसपी कमल नेपालीले जानकारी दिएका दिए । खार्पु खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीको गाउँ हो ।
उनका अनुसार कर्णालीको तिरमा रहेको मतदानस्थल नजिकै एउटै पार्टीका दुई समूहबीच ढुंगामुढा प्रहार भएको थियो । जसका कारण झण्डै आधा घण्टा मतदान स्थगित भएको थियो ।


0 comments
Write Down Your Responses