काेरियाबाट अायो दुःखद खबरः काम गर्ने क्रममा दुर्घटनामा परि २ नेपालीकाे मृत्यु

        

             कोरियाको ख्याङ्सङ् बुक्दो नजिकै एक बुंगुर फर्ममा कार्यरत २ जना नेपाली कामदारको मृत्यु भएको छ । इपिएस मार्फत कोरिया प्रवेश गरेका स्यांजाका तेज बहादुर गुरुङ र कैलालीका छबी लाल चौधरीको गएराती करिब ९ बजे तिर बुंगुरको पिसाब जम्मा हुने भूमिगत ट्यांकी सफा गर्ने क्रममा दुर्घटनामा परि मृत्यु भएको मक्पो चौतारीका पुर्व अध्यक्ष्य रोशन पौडेलले जानकारी गराएका छन् ।

          ट्यांकी सफा गर्ने क्रममा एक्कासी बिहोस अबस्थामा ढलिरहेको अन्य नेपाली साथीहरुले देखेपछी बाहिर निकालेका थिए । तुरुन्तै बोलाइएको भएता पनि एम्बुलेन्स आउन केहि ढिला गरेकोले गरेको थियो । अस्पताल पुर्याउदै उनीहरुको मृत्यु भैसकेको बताइएको छ l त्यस्तै घटना रहस्यमय भएको भन्दै कम्पनिका मालिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शबलाइ प्रहरीले नजिकैको आङ्दोङ्ग अस्पतालमा राखेको छ ।

         २५ बर्षीय मृतक गुरुङ ३ बर्ष पहिला कोरिया प्रवेश गरेका थिए भने चौधरी कोरिया आएको मात्र २ महिना भएको बताइएको छ । ११ जना नेपाली कामदार कार्यरत रहेको उक्त कम्पनीमा मृतक गुरुङ नेपाली हरुका टिम क्याप्टेन समेत थिए ।

           बंगुरको पिसाब संकलन हुने भूमिगत ट्यांकीमा अक्सिजनको कमि हुने र बिषालु ग्यास जम्मा भैरहने हुदा उनीहरु निसासिएर बेहोस भएको हुन सक्ने अनुमान गरिएको छ l यो घटना भन्दा केहि महिना पहिले कोरियाको छन्जु स्थित सल्यानका एक नेपाली कार्यरत एउटा बुन्गुर फर्ममा ट्यांकी सफा गर्ने क्रममा फर्मका मालिकको निशासिएर मृत्यु भएको थियो ।

           घटना बारे सोल स्थित नेपाली दुतावासलाइ अनौपचारिक जानकरी आएको र औपचारिक जानकारी पछी छिट्टै घटना स्थल पुगेर सत्य तथ्य बुझ्ने कार्यबाहक राजदुत किरण शाक्यले बताए ।

0 comments

Write Down Your Responses