चमत्कारै हो त ! धादिङकी फुनमाया ८७३ बर्षसम्म बाँचीरहेकी छिन्, तैपनि वृद्धभत्ता पाइनन् ।

७ साउन २०७३, हिमालय टाइम्स ।

धादिङ – धादिङ खाल्टे वर्डा नं. ३ की फुनमायाँ श्रेष्ठ नागरिकता अनुसार अहिले ८ सय ७३ वर्षकी भईन । तर उनले अहिले सम्म जेष्ठ नागरिक भत्ता पाएकी छैनन् ।  


       उनले २०५५ सालमा धादिङबेसी आएर नेपाली नगरिकताको प्रमाण पत्र त लिईन तर यति धेरै वर्ष बनाएर नागरिकता बनाई दिएको उनलाई पत्तै भएन ।
       तात्कालिन धादिङका प्रमुख जिल्ला अधिकारी देवि प्रसाद भट्टराईले २०५५ साल फागुन १२ गते वशंजको आधारमा नेपाली नागरिकता दिएको थिए ।
गम्भिर त्रुटीलाई समेत ख्याल नगरि भट्टराईले जन्म मति वि.स. ११९९ भाद्र ३ गते लेखि नागरिता दिएका हुन् ।

,

0 comments

Write Down Your Responses