तारा एअरको बिमान दुर्घटना : निउरे परिवारलाई ५२ लाख प्राप्त ।



असार - २१, मुस्ताङ । 
           म्याग्दीको दानामा गतबर्ष फागुन १२ गते भएको तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका बागलुङका बालकृष्ण निउरेको परिवारलाई करिब ५२ लाख बिमा रकम हस्तान्तरण गरिएको छ । 

नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेसनले निउरेको परिवारलाई सोमबार मृत्यु दाबीको बिमा रकमस्वरुप रु ५१ लाख ८७ हजार ८७५ हस्तान्तरण गरेको हो ।बिमित निउरे कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङमा कार्यरत रहेका थिए । बाग्लुङ पाला गाविस–८ निवासी निउरेको बिमा रकम ६३ वर्षीय पिता जीवनाथ निउरेलाई हस्तान्तरण गरिएको बिमा कम्पनीका बागलुङ शाखा प्रमुख केदारनाथ अधिकारीले जानकारी दिनुभयो ।स्व निउरेले छ महिना अगाडि रु २५ लाखको ३० वर्षे बिमा सम्झौता गरी पहिलो किस्ताबापत रु ७१ हजार ८७५ बुझाएका थिए । 

           परिवारले बिमाबाट आएको केही रकम सामाजिक क्षेत्रमा खर्च गर्ने जानकारी दिएका छन् । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको उक्त विमान दुर्घटनामा हुँदा सवार सबै २३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

,

0 comments

Write Down Your Responses