बिश्वलाई हैरान पार्ने दुखदायी १० तस्विरहरु : ।



असार - २७, हिमालय टाइम्स
एक तस्विर हजार शब्दको बयान गर्न सक्षम हुन्छ तर कुनै तस्विर यस्ता हुन्छन् जुन देख्नेहरु आत्मैदेखि दुखि नभई सुखै पाउँदैनन्। बिभिन्न देशका फोटोग्राफरहरुले विगतमा संसारका बिभिन्न बिषयमा केहि यस्ता तस्विर खिचेका छन्, जसले भोक, त्रास तथा ऐतिहासिक पलको दुनिया सामु व्यक्त गरेका हुन्छन। हामीले तपाईसामु दश यस्ता तस्विर प्रस्तुत गर्दैछौँ जसले दर्दनाक घटना तथा प्रकोपलाई दुनियासामु प्रष्ट पार्छन्। यो तस्विर प्रस्तुत गर्नु तपाईलाई दुखी बनाउने हाम्रो उद्देश्य नभई घटनाबाट पाठ सिक्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।



१. बौद्ध भिक्षुको आत्मदाह (1963): यस तस्विरले पुरै दुनियालाई शोक सन्तप्त बनाईदियो। यहाँ बौद्ध भिक्षु दक्षिणी वियतनाममा अमेरिकी युद्दको विरोध गरिरहेका थिए। भिक्षुले आफैले आफुलाई आगो लगाए। अचम्मको कुरा के छ भने शरिरमा आगो लाग्दै गर्दा उनि न चिच्याए न त जलुञ्जेल हल्लिए नै। उनले चुपचाप आत्मदाह गरे।
ireqi

२. इराक युद्ध (2003):  एक इराकी कैदीलाई आफ्नो चार बर्षको छोरा भेट्न आए। उसको छोराले आफ्नो पिताको ढाकिएको अनुहार तथा हातमा लगाएको हतकडी देखेर डराए। कैदीले सैनिकसँग अपिल गरे की आफ्नो हतकडी खोलियोस् र आफुले बच्चालाई मायाले समाउन पाउँ। अन्तत: सैनिकले कैदीको आग्रह मानेर हतकडी खोलिदिए।


३. भोपाल ग्याँस काण्ड (1984):
भोपाल ग्याँस काण्ड दुनियाको सबैभन्दा ठुलो औद्योगिक घटना मध्ये एक हो। भारतको मध्य प्रदेशको राजधानी भोपालमा भएको उक्त त्रासदीमा पच्चिस हजार भन्दा बढि मानिस प्रभावित भएका थिए। यो तस्वित सोही घटनाको हो। घटनास्थलमा एक बच्चाको शरिर फेला पर्यो। ग्याँस का कारण बच्चाको आँखा पनि बाहिर निस्किएका थिए।

४. पहिलो कालो विद्यार्थीलाई निकाला (1957)
black studentनर्थ कैरोलिनाको हैरी हार्डिंग हाई स्कूलमा डोरोथी काउण्ट सबैभन्दा पहिलो ब्ल्याक स्टुडेण्ट(कालो वर्णकी विद्यार्थी) थिईन्। स्कूलमा पहिलो दिन उनलाई अभद्र व्यबहार भयो। आमा-बाबुले उनको सुरक्षाको ध्यान राखेको पहिलो दिनबाटै उनलाई स्कूलबाट निकाला गरिएको थियो। तस्वीरमा देख्न सकिन्छ की कसरी उनका साथीले उसको मजाक उडाईरहेका छन्।


५. भुकम्पले आमाकै अगाडी पाँच बच्चाको ज्यान लियो (1983)
सन् 1983 मा आएको भूकम्पमा आफ्ना पाँच बच्चाको आफ्नै अगाडी ज्यान लिएको थियो। यो तस्विरले बताउँछ की उसलाई कति पिडा भईरहेको छ।


६. आफ्नै सैनिक र नागरिकमाथी बम प्रहार
कहिलेकाहीँ क्षमा गर्न योग्य नरहने गल्ती समेत हुने गर्छन्। दक्षिण भियतनाममा चलिरहेको युद्दका बेला भियतानामी प्लेनको गल्तीले नेपाम बम आफ्ना सैनिक तथा नागरिकमाथी बर्सियो। ईलाकामा भागदौड मच्चियो। भियतनाम-अमेरिकी युद्दको बेला नेपाम बम बनाईएको थियो।

७. ज्वालामुखी पछि हिलोमा फसेकी आमयरा सांजेच (1985)
कोलंबियाको आर्मिरोमा सन् १९८५ मा फुटको ज्वालामुखीबाट २५ हजार मानिसको मृत्यु भएको थियो। आमयरा सांजेच १३ बर्सकी थिईन्। उनि हिलोमा फसेकी थिइन्। आफ्नो घर बर्बाद भएपछि पनि उनि तीन दिन सम्म हिलोमा नै गाडिएकी थिइन्। फ्रेंक फार्नियर यो तस्विर लिएका थिए। यसै तस्विरले 1985 मा वर्ल्ड प्रेस फोटो अफ द ईयरको पुरस्कार जितेको थियो। केहि दिनपछि आयमराको मृत्यु भयो।


८. यो तस्विर सन् १९९९ को हो, जब डक्टर्सले स्पाइना बिफिडा को सफल अप्रेशन गरेका थिए। यो एक प्रकारको डिसअर्डरको जसमा बच्चाको स्पाइनल कडको पूर्ण रुपमा बनेको हुँदैन या यसको कुनै काम हुँदैन। स्पाईनल कड नबन्दै अप्रेशन गरेर बच्चा निकाले पछि बच्चाको हड्डीको विकास हुँदैन।


९. घरमा आगो लागेपछि झ्यालबाट हाम फाल्दै (1975)
mother and babyसन् १९७५ मा यो दर्दनाक तस्विर क्यामरामा कैद भएको थियो। घरमा आगो लागे पछि आमा र बच्चाले झ्यालबाट हाम फाले। माथिल्लो तलामा रहेका उनिहरु जर्ने भर्यांग समेत जलिसकेको थियो। भूईँमा पछारिएर आमाको मृत्यु भयो। बच्चा भने मरेकी आमाको शरिरमा पछारिएर बाँचेका थिए।



१०. बच्चा मर्ने क्षण पर्खँदै गिद्द
यो तस्विरलाई अवार्ड मिलेपछि यसको फोटोग्राफरले आत्महत्या गरे। अफ्रिकामा कुपोषणको शिकार बच्चा मर्ने क्षणको पर्खाईमा छ यो गिद्द। यस तस्विरले पश्चिमी देशमा हलचल ल्याईदिएको थियो।

, ,

0 comments

Write Down Your Responses