साधु बन्ने अन्तिम तयारीमा पारस शाह: किन रोजे त यो मार्ग ?।
काठमाडौ,साउन ।
लागुऔषध कारोबारमा थाइल्याण्डको बैंककमा पटक–पटक पक्राउ परेर छुटेका पूर्वयुवराज पारस शाह यतिबेला नेपालमा छन् । थाइ प्रेमिकासँग गहिरो प्रेममा फसेर हिमानी शाहलगायत परिवारसँगै सम्बन्ध विग्रिएको भनिएका पारस अहिले नेपालमा आध्यात्मिक गतिविधिमा सक्रिय छन् । पछिल्लो समयमा उनमा आध्यात्मिक बन्ने रहर जागेको उनका निकट सहयोगीहरु दावी गर्छन् ।
विभिन्न धार्मिक स्थलमा पुगेर दर्शन गर्ने तथा धार्मिक गतिविधीहरुमा सरिक हुन थालेका पारस पारिवारिक रुपमा भने केही टाढिएका छन् । साउन ४ गते गुरुपूर्णिमाका दिन पाशुपत क्षेत्रमा अवस्थित गोरक्षनाथको मन्दिरमा पुगेर कुल देवता गोरक्षनाथको पूजा गरेर फर्किएका उनी केहीसाता अघि पोखरा, धनगढी, लुम्बिनी, डोटी हुँदै खप्तड पुगेका थिए । १० दिनसम्म खप्तडमा विताएका पारसले त्यहाँ अध्यात्म शक्तीका बाबा मानिने खप्तडका बारेमा बुझेका थिए ।
स्वास्थ्य अवस्था केही विग्रिएका कारण नेपालमै आराम गरिरहेका उनी गत माघमा ४५ औं जन्मदिन मनाउने क्रममा सहयोगीहरुका साथ ललितपुरको खोकनामा रहेको रुद्रायणी देवीको दर्शन गर्न पुगेका थिए । बैंकक छँदा उनलाई हृदयघात भएको थियो । चार बर्ष बैंकक बसेर २०७१ चैत १९ गते नेपाल फर्किएपछि उनी निरन्तर मठमन्दिरमा गएर दर्शन गर्ने र धार्मिक गतिविधिमा सामेल हुँदै आइरहेका छन् । पहिले देखि नै अध्यात्ममा रुची भएका पारस‘आर्ट अफ लिभिङ’ देखि पूर्वीय दर्शनमा महन्तहरुसँग पनि निरन्तर सम्पर्कमा छन् ।
हिन्दु धर्म र अध्यात्मका बारेमा बढी चासो राखिरहेका पारसको दैनिकी पनि पुरै बदलिएको उनका सहयोगीहरु बताउँछन् । विहान उठेर प्राणायम, योग गर्ने बानी बसाउने प्रयासमा छन् । खानपानमा पनि परिवर्तन ल्याएका उनी साहाकारी हुने मनसायमा रहेको बताइन्छ । हिन्दु धर्मले मात्र राष्ट्रियताको रक्षा गर्ने बताउँदै आएका पारस हाल बुढानिलकण्ठका सहपाटीहरुसँग सामाजिक कार्यमा समय दिइरहेका छन् ।
पूर्व महानिरीक्षक हेमबहादुर सिंहका जोगी भेषधारी छोरा प्रभञ्जनबहादुर सिंह, ललितपुरका अभयबहादुर शाह, जनकपुरमा राजेश सिंहसँग निकट रहेका पारस अध्यात्म रुचाउने तिनै निकटहरुसँग समय विताउने गर्छन् । राजदरबारबाट बर्हिगमन हुनुपरेपछि सबैभन्दा बढी चिन्तित मानिने पारस सन्यासियुक्त जीवनप्रति बढी लालायित रहेको उनकै सहयोगीहरुले बताउँदै आइरहेका छन् । आमनागरिकसँग सहकार्य गरेर विभिन्न सामाजिक कार्य गर्न रुचाएका उनी कुलतबाट पूर्ण रुपमा टाढिने मनसायमा छन् ।
निर्मल निवास छाडेर सुनाकोटीको आलिसन महलमा बसिरहेको भनिएका पारस पछिल्लो समयमा अध्यात्म र धार्मिक दर्शनप्रतिको रुचीले कतिपयले उनलाई‘जोगी’ बन्न लागेको बताउँदै आइरहेका छन् ।


0 comments
Write Down Your Responses