आज बिहानै स्कुल बसमा आगजनी: प्रशासन र स्थानीयबासी सबै मौन ।
साउन ६ ।
काठमाडौंको डल्लुस्थित विष्णुमती पुलनजिक एउटा स्कूल बसमा आगजनी गरिएको छ । झम्सिखेलमा रहेको आइडल मोडल स्कूलको विद्यार्थी बोकेको बसमा तीन जना अज्ञात व्यक्तिले आगजनी गरेका हुन् । ती तीन जनाले बसमा चढेर सबै विद्यार्थीलाई झारेर पेट्रोल छर्की आगो लगाएका थिए । विहान साँढे ६ बजे गरिएको आगजनीबाट बा २ क ४६९ नम्बरको बस जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । सडकमा बस जलिरहँदा बटुवा तथा स्थानीय रमिते बनेका थिए । प्रहरीको उपस्थिति थिएन् ।

0 comments
Write Down Your Responses