शिर उच्च बनाएर इतिहास रचे ओलीले; सर्बत्र ओलीकै हाईहाई ।
१० साउन २०७३
सत्ताबाट बिदा हुँदा आफ्नो हैसितय बढाएको इतिहास नेपालमा सायदै होला । अहिलेसम्मका हरेक प्रधानमन्त्री जाने बेला शिर निहुर्याएरै सत्ताबाट बाहिरिएको तथ्य राजनीतिक इतिहासले बताइसकेको छ । एमाले अध्यक्ष ओलीले भने ती सबै इतिहासभन्दा फरक रुपमा सत्ताबाट बाहिरिएका छन् ।
देश र जनताका लागि नाफाको जिन्दगी बिताइरहेको बताउने ओली सत्तामा पुग्दाको क्षणभन्दा बिदा हुनेबेला निकै हाइहाइ बनेका छन । इतिहासको तथ्यकै कारण हरेक प्रधानमन्त्रीलाई निर्वाचित भएके चिन्ता हुन्छ, बिदा हुनबेला आत्मग्लानि नसोस् । तर, अहिलेसम्म त्यो चिन्ता र चासो काम लागेको इतिहास छैन ।
बिदा हुनेबेला अहिलेसम्मका प्राय सबै प्रधानमन्त्रीमा आरेपको वर्षनै लाग्यो । २०४६ सालको परिवर्तनपछि मनमोहन अधिकारीलेबाहेक हरेक प्रधानमन्त्रीले जाने बेला जनताको विश्वास गुमाए । निकै विवादित पनि बने ।
त्यही घटनाक्रमका काारण निर्वाचित भएकै दिनबाट हरेक प्रधानमन्त्रीलाई विदाइको क्षण सम्झेर चिन्तित बन्नुपर्यो ।तर एमाले अध्यक्ष ओली भने आफूलाई अहिलेसम्मका सबै प्रधानमन्त्रीभन्दा फरक रुपमा उभ्याउन सफल बने ।
प्रधानमन्त्री निर्वाचित भएको समयभन्दा बिदाइका बेला हाइहाइ बने । बजेटको आश्रति विधेयक फेल भएपछि अल्पमतमा परेका प्रधानमन्त्री ओलीले आफैलाई विस्थापित गर्न आउने अर्का प्रधानमन्त्री चयनका लागि संविधानमा देखिएको अस्पष्टता हटाउँदै बाधा अड्काउ फुकाएर
राष्ट्रपति विद्यदेवी भण्डारीसमक्ष राजीनामा बुझाए ।त्यससँगै संसद पुगर आफूमाथि लागेका आरोपको सालिन ढंगमा प्रतिवाद गर्दा संसदको मात्र नभइ सिंगो देश ओली तिर केन्दि्रत थियो ।आजको राजधानी दैनिकमा खबर छ ।

0 comments
Write Down Your Responses