यी हुन् घुस लिंदालिदै पक्राउ परेका शाखा अधिकृत ।
असार २३, २०७३, पोखरा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चलको टोलीले आज जिल्ला प्रशासन कार्यालय झापाका एक कर्मचारीलाई घुस लिँदा–लिँदैं पक्राउ गरेको छ ।
भद्रपुरस्थित जिल्ला प्रशासन कार्यलय मातहतको शरणार्थी समन्वयन इकाईका शाखा अधिकृत निर्मलराज खनाललाई सेवाग्राहीबाट एकलाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारले पक्राउ गरेको हो । उनले सेवाग्राहीको ‘काम गरिदिन्छु’ भन्दै घुस मागेको अख्तियारको आरोप छ ।
सरकारी बिदाको दिन पैसा लिन उनी दमक पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चलका डिएसपी रमेश बस्नेतले जानकारी दिए । पक्राउ परेका खनाललाई आयोगमा रखेर थप अनुसन्धान गरी विशेष अदालतमा पेश गरिने बस्नेतले बताए । उनलाई अख्तियार टोलीले आजै सेवाबाट निलम्बनको पत्र थमाएको छ ।
श्रोत: कान्तिपुर, राष्ट्रिय दैनिक ।

0 comments
Write Down Your Responses