श्रीमती मरेकै दिन अर्को श्रीमती भित्र्याएपछी, छोराले यस्तो बुझ्यो ।
एउटा छ बर्षको केटोको आमा मरेकी हुन्छिन र
उसको बाबुले अर्को बिहे गरेका हुन्छन् । एकदिन
एउटा मान्छेले त्यो केटालाई सोध्छ- बाबु
तँलाई
आफ्नी मरेकी आमा र नँया आमामा के
फरक
लाग्यो त ? त्यो केटाले भन्छ-
मेरो नयाँ आमा सच्चा छिन तर
मरेकी आमा झुठी थिईन।
यो सुनेर त्यो मान्छे हैरान हून्छ र भन्छ- किन
बाबु
तँलाई यस्तो लाग्छ ?
जसले तँलाई आफ्नो कोखबाट जन्म दियो उ
चाँहि झुटि र
हिजो आएको नयाँ आमा चाँहि सच्चा जस्त
लाग्छ भन
त बाबु ।
तब त्यो केटाले भन्छ- जब म चकचक गर्थे तब
मेरी जन्म दिने आमाले भन्थिन तँ
यसरी चकचक
गरिस
भने तँलाई खाना दिन्न तर पनि पुरै गाँउ खोजेर
ल्याउथिन
र मलाई बसालेर आफ्नै हातले
खाना खुवाउथिन !!!!
नयाँ आमाले पनि तैलेँ चकचक गरिस भने
खाना दिन्न
भन्छिन।
साच्चै आज मैले तिन दिन देखि खान पाको छैन ।
अब हजुर नै भन्नुस्
मेरी नयाँ आमा कत्ति जाती हगी !

0 comments
Write Down Your Responses