हृदयघातले बाबुराम भट्टराईको निधन: नयाँ शक्ति नेपाल स्तब्ध ।



असार - २०, बुटवल ।
शनिबार निधन भएका पत्रकार तथा पण्डित बाबुराम भट्टराईप्रति नयाँ शक्तिले श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

बुटवलमा लामो समयदेखि सक्रिय पत्रकारिता गरेका भट्टराईको शनिबार हृदयघातका कारण ६६ बर्षको उमेरमा निधन भएको थियो ।



नयाँ शक्तिले एक विज्ञप्ति प्रकाशित गर्दै प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पण्डित बाबुराम भट्टराईको असामयिक निधनको भएको खबरले नयाँ शक्ति नेपाललाई स्तब्ध बनाएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “तीन दशकभन्दा लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका भट्टराईको निधनले पत्रकारिता क्षेत्रले एक कुशल, जुझारु, अनुभवी अग्रज त गुमाएकै छ, साथमा सिंगो मुलुकले नै एकजना योग्य अभिभावक गुमाएको छ ।”

0 comments

Write Down Your Responses