साबधान !! अन्तर्राष्ट्रिय आतंकबादी संगठन ISI को निशानामा नेपाल !



असार - २० पोखरा।
 बंगलादेशको ढाकामा भएको आतंकवादी हमलाले दक्षिण एशिया नै आतंकित बनेको छ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन आईएसआइका बन्दुधकारीले २० विदेशी नागरिकको हत्या गरेपछि नेपालको सुरक्षा चिन्ता समेत बढेर आएको छ । खासगरी खुला सिमानाका कारण नेपाललाई अन्र्तराष्ट्रिय उग्रवादी समुहले प्रयोगशाला बनाउन सक्ने खतरा बढेर गएको सुरक्षा विज्ञहरुको भनाई रहेको छ । खुला सिमाना र दुई छिमेकी राष्ट्रहरुको भूराजनीतिक स्वार्थका कारण पनि नेपाल असहज परिस्थितीमा गुज्रिरहेको छ । यसैबीच बंगलादेशको ढाकामा भएको आतंकवादी हमलाबाट नेपाललाई संभावित खतरा के हुनसक्छ ? भनेर कूटनीति र सुरक्षा क्षेत्रका व्यक्तिहरुलाई सोधेका छौं ।



रमेश नाथ पाण्डे, पूर्व परराष्ट्रमन्त्री

बंग्लादेशको ढाकामा भएको आतंकवादी हमलाले अन्र्तराष्ट्रिय आतंकवाद दक्षिण एशियामा पनि मौलाई सकेको जनाउ दिन्छ । यो घटनाबाट भारत, पाकिस्तान, अफगानिस्तान, बंङ्गलादेश र नेपाल पनि सतर्क हुनुपर्छ । नेपालको राजनीतिक अस्थिरता, राज्यका निकायमा भएको राजनीतिकरण, तथा राजनीतिको बढ्दो अपराधीकरणले नेपालको लागि खतरा बढाएको छ । यसमा तत्कालिन सुधार भएमा मात्रै दुवै छिमेकीहरुको बढ्दो सुरक्षा चिन्ता र चासोलाई नेपालले सम्बोधन गर्नसक्छ ।






विवेक शाहा, पूर्व शैनिक सचिव

आर्इएसअाइ अन्तर्राष्ट्रिय आतंकवादी संगठन हो । उनीहरुको तार्गेट ग्रुप छ । तर, नेपाल उनीहरुको टार्गेट हुन सक्छ जस्तो लाग्दैन । नेपालले शान्ति मिसनमा बाहेक आफ्नो सेना प्रयोग गरेको छैन । तरपनि खुला सिमाना छ । आतंकवादी संगठनले हाम्रो देशलाई बाटो बनाउनसक्ने खतरा छ । पहिले पनि हाईज्याकिङ भएकै हो । हाम्रो देशमा देशी विदेशी राजदूतावासहरु पनि छन् । दूतावासमाथि उनीहरुले आक्रमण गर्न सक्ने खतरा छ । हाम्रो राजनीति अस्थिरतालाई आतंकवादीहरुले प्रयोग गर्न सक्छन् ।
हाम्रो देशका अन्य धार्मिक संघ संस्थाहरु त्यस्तो कट्टरवादी छैनन् । अन्तर्राष्ट्रिय आतंकवादीसँग लड्नको लागि हामीसँग स्रोत उपलब्ध छ । राजनीतिक अस्थिरता भएन भने हामी आफै सक्षम छौं । बंगलादेशमा हालसम्म चालीस जनाको हत्या भइसको छ । यसबाट नेपालले सुरक्षा सतर्कता भने तत्काल गर्नुपर्ने देखिन्छ ।


किवाङहाङ राई 
पूर्व एसएसपी, राष्ट्रिय अनुसन्धान विभाग

भारतमा पनि धेरै उग्रपन्थीहरु छन् । नेपाल भारत खुला सिमाना भएका छिमेकी राष्ट्रहरु हुन् । सुरक्षा जोखिम धेरै हुन्छन् । नेपालमा खाडी मुलुकबाट मुश्लिम समुदायका मान्छेहरु आउन प्रतिबन्ध छैन । यसको मतलब सबै मुश्लिम उग्रवादी होईनन् । तर, त्यो आवरणमा आइएसआई प्रवेश गर्न सक्छन् । यस्तो अवस्थामा सुरक्षा व्यवस्था कडा भएन भने घटना घट्न सक्छ । हाम्रो सुरक्षा निकायमा कमिकमजोरी पनि छन् । राष्ट्रिय अनुसन्धानको तालिम कोटामा एनजीओको मान्छे विदेश जाने गरेका छन् । गुप्तचर विभाग राजनीतिक कार्यकर्ताको अखडा बनेको छ । यद्धपी भएका साधन स्रोतलाई उचित ढंगले उपयोग गर्न सके हामीले सहजै यस्तो घटनाहरुलाई निर्मुल पार्न सक्छौं । हाम्रोमा खुला सिमाना छ । खुला सिमानालाई आतंकवादीहरुले प्रयोग गर्न सक्छन् ।

,

0 comments

Write Down Your Responses