अब १० मिनेटमै तयार हुने भयो राहदानी: संसारकै द्रुत सेवा ।
परराष्ट्रमन्त्रालयमा अनलाइन राहदानी सेवाको शुभारम्भ गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा। तस्बिर: गोपाल चित्रकार ।
काठमाडौं: सरकारले आइतबारबाट एक दिनमै राहदानी बनाउने घोषणा गरेको छ ।
आइतबार केन्द्रिय राहदानी विभाग दरबारमार्ग काठमाडौंमा उपप्रधान तथा पररराष्ट्रमन्त्री कमल थापाले दू्रत राहदानी सेवाको उद्घाटन गरेपछि निवेदन दिएको २४ घण्टाभित्र राहदानी बन्ने भएको हो ।
१५ हजार रुपैयाँ लिएर सरकारले एकै दिनमा राहदानी उपलब्ध गराउने द्रूत सेवाको सुरुवात गरेको हो ।
यो सेवामा सेवाग्राहीले घरैबाट अनलाइन फारम भरेर केन्द्रिय राहदानी विभागमा सम्पर्क गरी २४ घण्टाभित्र राहदानी लिन सक्नेछन् । त्यसका लागि सेवाग्राहीले १५ हजार रुपैयाँ र आफ्नो नागरिकतासहित केन्द्रिय राहदानी विभागमा सम्पर्कगर्न सक्नेछन् ।
अहिलेलाई यो सेवा केन्द्रिय राहदानी विभागमा मात्र सुरु गरिएको हो ।
एउटा राहदानी बनाउन यसअघि साधारण प्रक्रिया कुर्दा दुईदेखि तीन महिना लाग्थ्यो भने १० हजार रुपैयाँ तिरेर एक सातामै राहदानी दिने गरिएको थियो ।
नेपाल पासपोर्ट डट जिओभी डट एनपीमा गएर राहदानीका लागि आवेदन फारम भर्ने सुविधा दिएको छ ।
विदेशका १० नियोगबाट पनि एकैदिनमा पासपोर्ट
सरकारले २४ घण्टामै पासपोर्ट पाउने व्यवस्था विदेशस्थित विभिन्न १० वटा नियोगबाट पनि प्रदान गर्ने भएको छ ।
विदेशस्थित १० ओटा नियोग निम्न छन्ः
साउदी अरबको जेद्दा र रियाद
कतारको दोहा
बेलायतको लण्डन
मलेसियाको कोलालम्पुर
यूएईको अबुदावी
अमेरिकाको न्यूयोर्क र वासिङटन
हङकङ
र कुवेत ।

0 comments
Write Down Your Responses