यिनी हुन् डिनर खान जाँदा आइ एस आइ द्वारा मारिएकी युवती ।



असार - २०, पोखरा ।
 बंगलादेशको ढाकामा भएको आतंकवादी हमलामा २० विदेशी नागरिकको हत्या भएको समाचारले दक्षिण एशियामा खतराको संकेत गरेको छ । अन्तराष्ट्रिय आतंकवादी संगठन आईएसआईले उक्त घटनाको जिम्मा लिएको छ ।

घटनामा एक भारतीय युवतीको पनि निधन भएको छ । १९ वर्षीय तारुसी जैनको मृत्यु भएको हो । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्करीमा पढ्दै आएकी उनी साथीहरुसँगै डिनर गर्नको ढाका स्थित एक रिसोर्टमा पुगेकी थिईन् ।

ढाकास्थित उच्च सुरक्षा प्रबन्ध गरिएको कूटनीतिक क्षेत्रमा अवस्थित उक्त रेष्टुरेन्टलाई इस्लामिक स्टेट (आइएस) समूहका लडाकुद्वारा विदेशी नागरिकलाई कब्जामा लिई धारिलो हतियारको प्रयोग गरी क्रूरतापूर्वक हत्या गरेका थिए

“म आतङ्ककारीले बन्धक बनाएकी २० वर्षीया भारतीय किशोरी तारुसीको आतङ्ककारी हमलामा मृत्यु भएको खबर सुनाउनुपर्दा अत्यन्त मर्माहत भएकी छु, भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ट्विट गरेकी छिन् । उनले मृतक किशोरीका पिता सञ्जीव जैनसँग यसबारेमा कुराकानी गरी शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको र यस दुःखद घडीमा भारत सरकार शोकाकुल परिवारको साथमा रहेको एक अर्को ट्वीटमा जनाएकी छिन् ।

उनी अमेरिकाबाट विदा मनाउनका लागि बंगलादेश आएकी थिईन् । उनका बुवा बंगलादेशमा नै १०–१५ वर्षदेखि गार्मेन्ट बिजनेश गर्दै आएका छन् ।

बङ्गलादेशी कमाण्डो रेष्टुरेन्टमा पुग्दा बीसजनालाई धारिलो हतियारद्वारा हत्या गरिएको पाइए पनि सेना र अन्य सुरक्षाकर्मीद्वारा गरेको संयुक्त कारबाहीमा छ जना आतङ्ककारीको मृत्यु भएको छ भने एकजनालाई जीवितै सुरक्षा नियन्त्रणमा लिइएको छ ।

ढाकाको होली आर्टिसन बेकरी परिसरबाट मृतकका शरीरलाई जम्मा गरी संयुक्त सैन्य अस्पतालको मुर्दाघरमा शवको पहिचानका लागि परीक्षण गर्न पु¥याइएको छ ।

,

0 comments

Write Down Your Responses