भोली रक्षा बन्धनमा रिलिज हुँदै चपली हाईट - २ हेर्नुहोस् प्रोमो
भाद्र १, २०७३- फिल्मका कास्ट एन्ड क्रुका कारण प्रतीक्षित बनेको 'चपली हाइट २' भोली बिहीबार नै रिलिज हुन लागेको छ । सामान्यतया शुक्रबार फिल्म रिलिज हुने भएपनि भोली रक्षाबन्धन परेको र सार्वजनिक बिदा पनि हुने भएकाले सोही अवसरलाई क्यास गर्न फिल्म रिलिज हुन लागेको हो ।
यसअघि पनि विनीता बराल अभिनीत 'चपली हाइट' ले पनि खुबै चर्चा बटुलेको थियो । सिक्वेलमा भने यसपटक आयुष्मान देशराज जोशीले दुई नायिका पारमिता राज्यलक्ष्मी राणा र मरिष्का पोखरेलसँग रोमान्स गर्दै छन् ।
'चपली हाइट २' को 'गल्ती गरौं न...' बोलको भिडियो रिलिज भएपछि निकै चर्चामा रहेको थियो । जसमा आयुष्मानले पारमितालाई 'गल्ती' गर्नका लागि उकासिरहेका थिए । रिभर साइड र स्विमिङ पुलमा फिचरिङ गरिएको उक्त गीतमा आयुष्मान र पारमिताको जोडीलाई हट अवतारमा प्रस्तुत गरिएको थियो । दुवै यसै फिल्मबाट डेब्यु गर्न लागेका हुन् ।
आयुष्मान सामाजिक सञ्जालमा समेत राम्रो फ्यान फलोइङ भएका सेलेब हुन् भने रिलमा प्रेमिकाका रूपमा रहेकी पारमिता रियलमा पनि उनकी प्रेमिका हुन् ।
यस फिल्मका निर्देशन दिपेन्द्र के खनालले गरेका हुन् ।
यस्तो छ ट्रेलर >>>>

0 comments
Write Down Your Responses