२ करोडको गोल्डेन शर्ट लगाउने फुगेको भयो यसरी ढुंगाले हानीहानी हत्या !!
शुक्रबार बिहान ३ बजे २ करोडको गोल्डन शर्ट लगाउने व्यक्ति भारतको पुणे सहरका दत्तात्रेय फुगेको हत्या भएको छ ।
जन्मदिनको पार्टीमा सहभागी भएर घर जाने क्रममा रहेका फुगेलाई अज्ञात समूहले चक्कु र ढुङ्गा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । फुगे गोल्डम्यानको नामले चिनिदै आएका थिए । सधै २० जना बडिगार्डको वीचमा हिड्ने गरेका फुगे घटनाका बेला एक्लै रहेको जनाइएको छ । फुगे एक्लै रहेको चाल पाएपछि हत्याराहरूले उनलाई चक्कु प्रहार गरेको प्रहरी भनाइ छ ।
यद्यपि प्रहरीले फुगेको हत्या अभियोगमा चार जनलाई पक्राउ गरेको जनाएको छ । उनीहरूसँग सोधपुछ सुरु गरिएको छ । हत्या गरिएका फुगेले ‘मनी वक्रतुंड’ नामक चिटफण्ड कम्पनी चलाउँदै आएका थिए । यो कम्पनीमार्फत उनले थुप्रै व्यक्तिलाई ठगी गर्ने गरेको जनाइएको छ । फुगेले कम्पनीमा झुक्याएर करोडौँ रुपैयाँ लगानी गर्न बाध्य बनाएको पनि जनाइएको छ ।
फुगेविरुद्ध स्थानीय प्रहरीमा ठगी आरोपमा उजुरी दर्ता समेत भएका छन् । तर उनी बच्दै आएका थिए ।
फुगेलाई पहिला चक्कु प्रहार गरिएको र त्यसपछि ढुङ्गाले हानेर हत्या गरिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । फुगेको शरीर रगतले लत्पत्तिएको अवस्थामा फेला परेको थियो ।
दत्तात्रेय फुगे दुई करोडको शर्ट लगाएर हिँड्दा २० जना बडिगार्डको घेरा हिँड्ने गर्थे । सधै कडा सिक्युरिटीमा हिँड्दै आएका फुगे जन्मदिनको पाटीबाट घर फर्कने क्रममा कसरी एक्लै थिए भनेर पनि प्रहरीले अनुसन्धान थालेको उल्लेख गरेको छ ।
– एजेन्सी

0 comments
Write Down Your Responses