बेबरिशे बालबालिकाको खतरनाक खेल; तीनवटा बसमा आगजनी गरी फरार !!

२४ साउन २०७३ 
           पर्वत सदरमुकाम कुश्माबजारस्थित शिवालय चोक नजिकै रहेको बसपार्कमा पार्किङ गरिएका बसमा गएराति आगलागी भएको छ । बसपार्कमा पार्किङ गरी राखेको ग १ ख ४९३६ नम्बरको बसमा अचानक आगलागी हुँदा उक्त बस पूर्णरुपमा क्षति भएको छ । आगलागी हुँदा नजिकै पार्किङ गरी राखेको ना ४ ख ९०३७ नम्बरको र ध १ ख ५६९ नम्बरको बसमा समेत लाखौँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।


        उक्त आगलागीलाई  जिल्ला प्रहरी कार्यालय पर्बतबाट ३० जनाको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । बसपार्कमा डुल्ने बेवारिसे बालबालिकाले आगलागी गरेको भन्ने प्ररम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । बालबालिका फरार रहेको हुँदा खोजतलास कार्य भइरहेको जनाइएको छ ।
पुर्बेली न्युजबाट साभार

0 comments

Write Down Your Responses