अनमोल केसीको सत्य/ रहस्य: बाल्यकालदेखी गायक सम्म



श्रावण ५, २०७३-  

 अनमोल केसी, अभिनेता

    सन् १९९५ को मार्च २९ मा जन्मिएका अनमोल केसी ६ फिट १ इन्च अग्ला छन् ।

    अनमोलले मल्पी इन्टरनेसनल कलेजबाट ए लेभलको अध्ययन पूरा गरेका छन् । 

    अनमोलले बाल्यकालदेखि हालसम्म २५ भन्दा बढी देशको भ्रमण गरिसकेका छन् । तर तीमध्ये                कतिपय देशको नाम उनलाई थाहा छैन । 

    सिक्का संकलन गर्ने आफ्नो पुरानो बानीलाई अनमोलले अहिलेसम्म पनि निरन्तरता दिइरहेका छन् ।        यदि उपहार दिनु छ भने सिक्का दिँदा अनमोल असाध्यै खुसी हुन्छन् । 

    हरेक कुरामा अनमोल नीलो रंगलाई प्राथमिकता दिन्छन् । महत्वपूर्ण अवसरमा उनी नीलै रंगका                पहिरनमा हुन्छन् ।

    अनमोलमा कुकुर पाल्ने सौख छ । उनले पालेको कुकुरको नाम गोथे हो । 

    बुवा भुवन केसी भन्दा ठीक विपरीत अनमोल स्पोटर््स जुत्ताका पारखी हुन् । 

    अनमोल मोबाइलमा गेम खेल्नु भन्दा गिटारमा विभिन्न नोट अभ्यास गर्दै समय बिताउन मन                  पराउँछन् । 

  अभिनेता नभएका भए अनमोल गायकका रूपमा श्रोतामाझ आउने थिए । गायक बन्ने आफ्नो                    चाहनालाई अनमोलले अहिले पनि मर्न दिएका छैनन् ।


प्रकाशित: श्रावण ५, २०७३

,

0 comments

Write Down Your Responses