बाबुको मुख हेर्ने दिनमा स्वर्गबासी बुबालाई ७ बर्षिया छोरीको पत्र



मलाई गर्भमा छाडेर तिमी परदेशिएको सबै बाध्यता त मलाई थाहा छैन, सायद अहिलेको जस्तै चरम गरिबी हुँदो हो, मेरी गर्भिणी आमालाई मिठो ख्वाउने आशामा र मलाई सुखले पाल्न पढाउन तिमी परदेशिएको हुनुपर्छ। हरेक वर्ष आउने दसैंमा पुरा नै खुच्मुचिएको लुगा धोएर तानतुन पारेर लगाइरहँदा साथीभाइहरुले लगाएका सुकिला लुगा हेरेर मात्र चित्त बुझाएको कुराले मलाई भन्दा स्वर्गमा बस्ने तिमीलाई कति पोल्दो हो है! मेरी आमाले हरपल मरेर मेरा लागि बाँचेको जिन्दगी तिमीले पनि रोएरै हेरिरहेको हुनुपर्छ। 

,

0 comments

Write Down Your Responses