सन्तोष पन्तद्वारा महिला सुरक्षा गार्ड माथि सामुहिक यौन दुर्ब्यबहार:



काठमाण्डौं : धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुरक्षाको जिम्मा पाएको केटीएम सेक्यूरिटी कम्पनीका ब्राण्ड एम्बेस्डर तथा हास्यकलाकार सन्तोष पन्तले महिला सुरक्षा मजदुरमाथी यौनिक दुव्र्यवहार गरेका छन् ।


         प्रतिष्ठानको आठ नम्बर भवनको न्यु गल्र्स होस्टलमा रात्रिकालिन सेवामा खटिएकी २२ वर्षिया सविता सुयल र सिनियर गल्र्स होस्टलमा खटिएकी पवित्रा राईलाई पन्तले यौनिक दुव्र्यवहार गरेका हुन् । मादक पदार्थ सेवन गरेर राती साढे दुई वजे केटिएम सेक्युरिटीका कार्यकारी प्रमुख रामेश्वर साह, ईन्सपेक्टर विष्णु कोईराला र हेड गार्ड राजेश तामा³ सहित सहित पुगेका पन्तले दुव्र्यवहार गरेको हो ।

        तेरो विवाह भएको छकी छैन, श्रीमान के गर्छन, केटाकेटी कति छन् भन्दै सोधी खोजी गरेको र केटिएमको तलवले मोटाएको भन्दै आफ्नो कम्मर माथी संवेदनशिल अंगमा हातले मुसारेको सविता सुयलले बताईन् ।

         केटिएममा काम गर्नु अघिपनि आफु मोटै रहेको बताएपनि पटक पटक नाम सोधेको नाम बताए पनि के थर रे भन्दै सोधेको उनले बताईन् ।

           आफुलाई समेत त्यसैगरी विवाहको बारेमा श्रीमान र छोराछोरीका बारेमा सोधिखोजी गरेर दुख दिएको पवित्रा राईले जानकारी गराईन् ।

         उनीहरुको विरुद्ध दुवैजनाले ईलाका प्रहरी कार्यालय धरानमा किटान जाहेरी दिएका छन् । ’इलाका प्रहरी कार्यालयका डिएस्पी ढकेन्द्र खतिवडाले उजुरीको आधारमा आरोपित पक्षलाई पक्राउ गरी अनुसन्धान गर्ने बताउनु भयो । उहाले भन्नु भयो ‘पिडितपक्षले दिने उजुरीको आधारमा बास्तविक बुझेर कारवाही प्रकृया अगाडि बढाउने छु ।’

            नेपाल सुरक्षा श्रमिक टङेड युनियन घोपा ईकाईले पन्त लगायतका दोषीहरुलाई कारवाहीको माग गरेको छ । ईकाईका सचिव प्रविन राईले कारवाही नभए सम्पूर्ण सुरक्षा मजदुरहरु काम बन्द गरेर आन्दोलनमा उत्रीने जनाएको छ ।

         शनिबार विदाको दिनभएकाले प्रहरीबाट ढिलो खवर पाएपछि प्रतिष्ठानका रजिष्ट्रार तुलवहादुर श्रेष्ठ रामेश्वर साहालाई घट्नाबारे बुझ्न सम्पर्क गर्ने प्रयास गरेपनि साहले फोन नउठाएको बताए ।

          उहाले भने , ‘प्रतिष्ठानको गल्र्स होस्टलमा सैयौं छात्राहरु बस्छन् । रातीको समयमा प्रतिष्ठानका उपकुलपति, रजिष्ट्रार, निर्देशक वा शिक्षाध्यक्ष नै आएपनि प्रवेशद्धार नखोल्नु भनेर नै हामीले सर्कुलर नै जारी गरेका छौं । उनीहरु कसरी के हैसियत र उदेश्यले गल्र्स होस्टलमा छिरेका हुन् त्यो उनीहरुले जानुन । हामीले केटिएमलाई प्रतिष्ठानको सुरक्षा गर्ने जिम्मा (ठेक्का) दिएका हौं । अव उसैले गल्र्स होस्टलमा पुगेर त्यस्तो हर्कत गर्छ भने हाम्रो भन्नु केही छैन । दोषि भए कारवाहीको भागिदार बन्नु पर्छ ।’

           उनले भोली (आइतबार) केटिएमका साहा लगायत पदाधिकारीलाई बोलाएर स्पस्टीकरण माग्ने बताएका छिन् ।प्रतिष्ठानको सुरक्षा गर्ने ठेक्का पाएको केटिएम सुरक्षा सर्भिसले सम्हालेको आठमहिना यता सुरक्षाको स्थिति झन विग्रेर गएको छ । दुइ दिन अघिमात्र प्रतिष्ठानको चिकित्सक, कर्मचारी बस्ने आवासीय भवनमा राखेका तीनवटा सवारी साधनमा राती आगजनी भएको थियो । यसअघि केटिएमकै कर्मचारी बस्ने प्रतिष्ठानभित्रकै कोठामा लागुपदार्थ बरामद भएको थियो ।

         त्यस्तै महिला सञ्जाल नगर समिति धरानलेले सहयोग गरेको छ । महिलामाथि आफ्नै कम्पनीको प्रमुखहरुले यस्तो गरेपछि आफूहरुलाई सह्य नभएका सञ्जाल अध्यक्ष शिला बज्राचार्यले बताइन् ।

           यता केटिएमका प्रमुख रामेश्वर साहलाई बारम्बार मोबाइल नम्बरमा सम्पर्क गर्दासमेत उनले फोन उठाएनन् । मोबाइल ब्यस्त बनाएर राखेका थिए । यता क्षेत्रीय निर्देशक रुपम लामाले घटनाको बारेमा आफूलाई भर्खरै थाहा भएकाले दुबै पक्षलाई राखेर कुरा नगरेसम्म खास भएको के हो भन्ने पत्ता लगाउन नसकिने बताए । एकपक्षीय कुरा सुन्दा भने प्रमुखहरुको गल्ती देखिएको उनले बताए । तर, बसेर छलफल गर्नु पर्ने भन्दै प्रमुखहरुको बचाउ गर्ने प्रयास गरेका थिए ।

0 comments

Write Down Your Responses