आइएसआइका प्रमुख सहित तिन कमाण्डरको हत्या प्रयास: अवस्था अत्यन्त चिताजनक



एजेन्सीः विश्वकै अपराधीक मानिएको आतंकवादी संगठनका प्रमुखसहित तीन कमाण्डरको खानामा विष राखिएको सार्वजनिक भएको छ।

         आतंकवादी समूह आइएसका प्रमुख अबु बकर अल बग्दादीसहित उनका तीन कमाण्डरको खानामा विष मिलाइएपछि उनीहरुको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको छ । बेलायती चर्चित अनलाइन 'डेली मेल’का अनुसार उनको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको हो ।

          आइएसका आफ्नै कमाण्डरहरुले उनको खानामा विष मिसाइदिएको अनुमान गरिएको छ । यद्यपी कसले विष मिसायो भन्ने समाचारमा उल्लेख गरिएको छैन । बग्दादी सँगै बस्ने अन्य कमाण्डरको नाम सार्वजनिक भएको छैन । यस अघि पटकपटक उनी मारिएको खबर आएपनि आइएसले त्यो झुट भएको बताउदै आएको थियो ।

          विभिन्न हवाई हमलामा उनी पटकपटक घाइते भएको खबर समेत आएका थिए । उनको बासस्थानबारे भने समाचारमा केही उल्लेख गरिएको छैन ।

,

0 comments

Write Down Your Responses