सात वर्षीया बालिका, जसकाे मुटु छाती बाहिरै धड्किन्छ
मुटुको धड्कन त सबैले महसुस गर्न सक्छौं यसलाई देख्न भने सक्दैनौं । तर यी बालिकाको धड्की रहेको मुटु भने बाहिरबाटै देख्न सकिन्छ । रुसमा बसोबास गर्ने यी बालिकाको मुटु छातीको बाहिर नै देखिने गरी पातलो छालाले ढाकिएको छ ।
सात वर्षीया भिरसाभीया नाम रहेकी यी बालिका अन्य सामान्य बालबालिका जस्तै खेल्न, दौडन, नृत्य गर्न तथा स्कुलमा गई पढाई गर्न चाहन्छिन् । उनी आफ्नो मुुटुको निकै नै ख्याल राख्छिन् । यसको लागि उनी नरम कपडा मात्र लगाउँछिन् ।
तर, उनी अन्य सामान्य बालबालिका सरह धेरै खेल्न, दौड्न तथा उफ्रिन भने सक्दिनन् । किनकी यस्तो क्रियाकलाप गर्नाले उनको मुटुमा बढी भार परी असर पर्न जान्छ । आफ्नो छोरीको यस्तो अवस्था देखेर निकै डराएकी आमाले छोरी भिरसाभियालाई उपचारका लागि अमेरिका समेत लगिन् ।
तर, उच्च रक्तचाप हुन सक्ने खतरा देखेर चिकित्सकहरुले भिरसाभियाको मुटुको शल्यक्रिया गर्न अस्वीकार गरे । अमेरिकामा समेत उपचार नहुने भएपछि उनकी आमा अहिले उपचारको आशामा छोरीलाई लिएर विश्वभरका अस्पतालहरुमा धाउने गरेकी छिन् ।


0 comments
Write Down Your Responses