यी हुन् सच्चा प्रेमको उदाहरणीय विश्वकै होचो जोडी: भिडियो सहित हेर्नुहोस् ।



३० असार २०७३, हिमालय टाइम्स ।
            समाजमा सबैको नजर हरेकको प्रेम जोडीमा पर्ने गरेको हुन्छ । तर यस्तो प्रेमी जोडी पनि छ जो विश्वमा नै चर्चित छ । यो जोडी हो विश्वकै सबैभन्दा होचो जोडीको । उनीहरु दुबैको उचाइँ ३ फिटभन्दा अग्लो छैन तर यो जोडीको प्रेमको उचाईले भने यो स्वार्थी दुनियामा एउटा उदाहरण नै कायम गरेको छ ।

              ब्राजिलका पाउलो ग्राब्रियल डा सिल्भा र क्याटिउसिया होसिनोको उचाई क्रमशः ३४.८ र ३५.२ इन्च छ । एक अर्काको प्रेममा निकै खुसी र भाग्यमानी ठान्ने यो जोडी यति बेला विश्वको सबैभन्दा पुड्को जोडीको रुपमा गिनिज बुकमा नाम लेखाउने तयारी मा रहेका छन् । करिब १० बर्ष अगाडी सोसल मिडियामा भेट भएका यी दुई आज आफनो मायामा निकै खुसीछन् ।

           सुरुवातमा पाउलो ले होसिनोलाई प्रेम प्रस्ताब राखे तर होसिनोलाई उक्त कुरा मन नपरेपछि ब्लक गरिदिईन् । त्यसको १८ महिनापछि होसिनोले पाउलोलाई अनब्लक गरेपछि भने यी दुईको प्रेम लिला सुरु भएको हो । अहिले होसिनोले आफ्नै ब्युटी पार्लर खोलेकी छिन् भने पाउलो कानूनी सहायकको रुपमा काम गर्छन् जो आफ्नो सहर इटापेभाको मेयर बन्न चाहान्छन् । 

भिडीयो/हेर्नुहोस:-

, ,

0 comments

Write Down Your Responses