हतियार देखाएर ३३ जनाले ३६ घन्टासम्म सामुहिक बलात्कार गरे: बिश्व स्तब्ध ।
३० असार २०७३, हिमालय टाइम्स ।
भारतमा बलात्कारका घटना बढी हुने निष्कर्ष पछिल्लो अनुसन्धानले देखाएको थियो तर हालै ब्राजिलमा भएको सामुहिक बलात्कारको घटनाले एकपटक विश्वलाई स्तब्ध बनाएको छ । मानिस यतिसम्म पनि हिंस्रक कसरि हुन सक्छ भनेर बिश्व समुदाय आश्चर्यमा परेका छन् । उक्त खबरले यतिबेला सबैको शरीरमा काँडा उमारेको छ ।
ब्राजिलको रियो द जेनेरियोमा एक १६ बर्षिया किशोरीलाई ३३ जना पुरुषहरुले लगातार ३६ घन्टासम्म सामुहिक बलात्कार गरेका छन् । यो दुष्कर्म ब्राजिलको निकै गरिब क्षेत्रमा भएको हो । बालिकाको अनुसार उनी आफ्नो ब्वाई फ्रेन्डसंग बस्न गएकी थिइन् । बिहान जब निन्द्राबाट उनले आँखा खोलिन्, ३३ जना केटाहरुले उनलाई घेरेर बसिरहेका थिए ।
त्यो समुहकै एक बन्दुकधारीले उनलाई धम्क्याए र सबै ३३ जनाले पालैपालो उनलाई ३६ घन्टासम्म लगातार बलात्कार गरिरहे । घटना पश्चात उनलाई हस्पिटलमा भर्ना गरिएको छ र उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जानकारी उपचारमा संलग्न चिकित्सकहरुले दिएका छन् ।
श्रोत: एजेन्सी ।

0 comments
Write Down Your Responses