नेपाल र नेपालीको शान: विश्वका सम्पूर्ण युबाहरुको नेतृत्व गर्दैछिन् नेपाली चेली ।
अमेरिकामा बस्ने एक नेपाली चेलीले संयुक्त राष्ट्रसंघमा नयाँ इतिहास रचेकी छिन् । नेपालमा जन्मेकी जोली अमात्यले राष्ट्र संघको युवा सम्मेलनका लागि अध्यक्ष पदमा नियुक्त हुँदै यो इतिहास रचेकी हुन् ।
जोली त्यो पदमा नियुक्त हुनु भनेको विश्वका ९५ देशका युवा नेतृत्वको नेतृत्व गर्न पाउनु हो । सन् २०१५ मा सह अध्यक्ष रहेकी जोली यस पटकै अध्यक्ष बन्न सफल भएकी हुन् ।
राष्ट्रसंघको सबै भन्दा ठुलो युवा सम्मेलनको रुपमा परिचित 'युथ एसेम्बली' विश्वभरका युवाहरुलाई नेतृत्व गर्ने सबैभन्दा उच्च तह हो । जहाँ पुग्नु हर कोही युवा नेतृत्वको सपना हुन्छ, तर कमैको मात्र त्यो सपना पुरा हुन्छ ।
सबैभन्दा लामो समयसम्म चल्ने यस सम्मेलनमा अध्यक्षको लागि निर्बाचित भैसकेपछि जोयाले अगस्त १० देखी १२ सम्म राष्ट्रसंघको मुख्यालयमा कार्यक्रम गरिसकेकी छिन् । राष्ट्रसंघको दीगो विकास लक्ष्य कार्यान्वयनका लागी युवा नेतृत्वको सशक्तीकरणको उदेश्य सहित कार्यक्रम गरिएको थियो ।
बिगत सात बर्षदेखी अमेरिकामा पेशागत अनुभब हासिल गर्ने क्रममा उनले युएन वुमन लगायत राष्ट्रसंघका विभिन्न महत्वपूर्ण अंगहरु, बिश्व बैंक हेविट्याट फर ह्युम्यानिटी,एक्शन एड इन्टरनेशनल लगायतका संस्थाहरुमा काम गरिसकेकी छिन्
गत बर्षको भूकम्पमा समेत उनले उदाहरनिय काम गरेकी थिईन

0 comments
Write Down Your Responses